रिमोटबाट झन्डोत्तोलन गर्दै एमाले महाधिवेशन उद्घाटन
काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन भक्तपुरको सल्लाघारी चौरमा अध्यक्ष केपी ओलीले महाधिवेशनको उद्घाटन रिर्मोटबाट भन्डोत्तोलन गरेर भएको छ ।
अध्यक्ष ओलीले केही बेर अघि रिमोटबाटे झन्डोत्तोलन गरेर बत्ती बाल्दै महाधिवेशनको उद्घाटन गरे ।
एमाले प्रविधिमैत्री पार्टी भएकाले अत्याधुनिक प्रविधिबाट महाधिवेशनको उद्घाटन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीलाई देशको निर्णायक शक्ति बनाउने सङ्कल्पका साथ अघि बढेको बताएका छन् ।
पार्टीको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले अजम्बरी रहेको जिकिर गरे ।
उनले भने, ‘पुराना पार्टीहरू सकिए, पुराना नेताहरूको दिन गए र एमालेको सान्दर्भिकता सकियो भन्ने भाष्य खडा गर्न खोजिएको छ, प्रत्येक प्रहारलाई चिर्दै यो जनसागर उर्लिएको छ, म ढुक्कले भन्न सक्छु, लोकतन्त्र अजय छ, एमाले अजम्बरी छ। ‘




0 comments
Write Down Your Responses