Powered by Blogger.
नेकपा एमालेको ११ औं महाधिवेशन, अध्यक्ष ओलीले उद्घाटन गर्दै


भक्तपुर । नेकपा एमालेको ऐतिहासिक १० औं राष्ट्रिय महाधिवेशन शनिवारबाट सुरु हुदैछ । महाधिवेशनको भक्तपुरको सल्लाघारीमा अध्यक्ष केपी शर्मा ओलीले केहीबेरमा कार्यक्रमको उद्घाटन गर्नुहुनेछ । 

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमको अध्यक्ष ओलीले भक्तपुरको सल्लाघारीमा आयोजना गरिने उद्घाटन सभालाई सम्बोधन गर्नुहुनेछ । उद्घाटन सभामा ३ लाख जनताको सहभागीता हुने एमालेले जनाएको छ । 

‘ऐतिहासिक ११ औं महाधिवेशनलाई भब्य बनाउनका लागि देशैभरीबट ठूलो संख्यामा कार्यकर्ताहरु उपस्थित हुने क्रम जारी छ’ गौतमले भन्नुभयो ‘बागमती,मधेस र गण्डकी प्रदेशका प्रत्येवक वडा वडाबाट कार्यकर्ता आउछन् । अन्य प्रदेशबाट ठूलो संख्यामा कार्यकर्ताहरु आउछन् ।’

कार्यक्रमको उद्घाटन अध्यक्ष ओलीले प्रविधिको प्रयोगबाट विशेष तरिकाले गर्ने गौतमले बताउनुभयो । उद्घाटनको त्यो विशेष तरिका एमालेले सार्वजनिक गरेको छैन । उद्घाटन सम्बोधनमा अध्यक्ष ओलीले हालको विषम राजनीतिक परिस्थिती र यसको निकासका बारेमा एमाले कार्यकर्ता र आम जनतालाई स्पष्ट पार्ने गौतमले बताउनुभयो । 

कार्यक्रममा काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा प्रचलनमा भएका झाँकीह्रु प्रष्तुत गर्ने तयारी छ । उद्घाटन सत्रमा नेपाली काँग्रेस लगायत १६ वटा दललाई अतिथीको रुपमा निमन्त्रणा गरिएको गौतमले जानकारी दिनुभयो । 

उद्घाटन सत्रमा सहभागी हुन आउनेहरुलाई विभिन्न रुटबाट झाकी बाजागाजा सहित प्रवेश गराइएको छ । कार्यक्रम स्थल भन्दा पश्चिमतिर बाट आउनेले गठाघरसम्म मात्र सवारी साधान लैजान पाउने छन् । ति सवारी साधनहरु सानोठिमी स्थित खुला चौरमा पार्किङको व्यवस्था गरिएको छ । 

यसैगरी पूर्वबाट आउने सवारी साधानहरु जगातीमा पार्किङ गरिने छ । गठाघर र जगातीबाट सहभागीहरु जुलुस सहित कार्यक्रम स्थलतर्फ आउनेछन् । नगरकोट क्षेत्रबाट आउनेहरुलाई सल्लाघारीको उत्तरतिरको क्षेत्रमा पार्किङ गर्न भनिएको छ । भक्तपुरका सवै वडाबाट जुलुस सहित सहभागीहरु कार्यक्रम स्थलतर्फ आउनेछन् । 

महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधि निर्वाचित भएका छन् । उद्घाटन सत्र सकिएपछि आइतबार बिहान देखि काठमाडौंको भृकुटी मण्डपमा बन्द सत्र सुरु हुने एमालेले जनाएको छ । एमालेको १० औं महाधिवेशन चितवनको सौराहामा २०७८ सालमा भएको थियो ।



0 comments

Write Down Your Responses