दामन पोस्ट संवाददाता
मोरङको लेटाङ । पहाडी भिरछिराबाट झर्ने हावा, खेतबारीको हरियाली, र स्थानीय बस्तीको साधारण दैनिकीबीच एक यस्तो स्थान छ, जहाँ दैनिक हजारौँको भीड लाग्छ । कोही आशाले, कोही पीडाले, कोही निराशा बोकेर आउँछन् तर फर्कँदा धेरैका अनुहारमा सन्तोषको उज्यालो बलिरहेको देखिन्छ । त्यो केन्द्र हो–आशीर्वाद शिवशक्ति साधना केन्द्र, र त्यस केन्द्रका अधिपति हुन् एक अद्वितीय व्यक्तित्व—परमपूज्य शिवशक्ति बाबा ।
आज संसारका विभिन्न देश–देशान्तरबाट उहाँको दर्शनका लागि मानिस आइपुग्छन् । कतिले उनलाई सिद्धपुरुष भन्छन्, कतिले गुरु महाराज, कतिले महामण्डलेश्वर, र कतिले जगतगुरु ।
तर यी सबै उपाधिहरू पछाडि रहेको वास्तविक मान्छे, सुजन कुमार पूर्वछाने मगर—कल्पना गर्नै कठिन छ कि ४८ वर्षअघि जन्मिएका साधारण बालक कुनैदिन यस्तो आध्यात्मिक यात्रामा संसारभर चर्चित हुनेछन् ।
अलौकिक क्षमताको प्रारम्भ
वि.सं. २०३३ पुस २ गते इलामको लुम्बडेमा पिता बलबहादुर र माता फूलमाया पूर्वछाने मगरको घरमा जन्मेका सुजन बाल्यकालदेखि नै असामान्य र असाधारण स्वभावका थिए । खेलकुद, अध्ययन, ठट्यौली—सबमा सामान्य देखिए पनि उनलाई नजिकबाट चिनेका मान्छेले ‘यो बालकमा केही दिव्यता छ’ भन्थे।
७ वर्षकै उमेरमा उनले अनौठा क्षमताहरू देखाउन थाले—बिरामीको ‘पीडा’ अनुमान गर्ने, रोग कहाँबाट सुरु भएको छ भन्ने पत्ता लगाउने, घरका बृद्धहरूको शारीरिक समस्या सटीक बताइदिने ।
आफ्नो क्षमता बुझ्नका लागि उनी पछिबाट दम्भ लिएर होइन, आत्मिक जिज्ञासाबाट अघि बढे । गजुरमुखीमा शिक्षा लिँदै गर्दा पनि उनी पुस्तकभन्दा ध्यान–योगतर्फ बढी आकर्षित हुन्थे । क्लास सकिएपछि साथीहरू खेल्न जाँदा सुजन जंगलतिर शान्त बस्ने गर्थे । उनी भन्छन्, “मलाई बाल्यकालदेखि नै केहि शक्तिले डाकिरहेको महसुस हुन्थ्यो।”
आध्यात्मिक यात्राको उदय
२२ वर्षको उमेरमा मनभित्र जागेको एक गहिरो तानले उनलाई यात्रामा डो¥यायो उनले घरपरिवार, साथीभाई र समाजतिर ध्यान नदिई भारत–नेपालका सिद्धस्थलहरूतर्फ आध्यात्मिक यात्रा शुरु गरे ।
कामाख्या मन्दिर (आसाम), वृन्दावन धाम, काशी, वराहक्षेत्र, पशुपतिनाथ, उनी प्रत्येक क्षेत्रमा ध्यान, तन्त्र, ऊर्जा–साधनामा तल्लिन बन्दै गए ।
यही यात्राले सुजनलाई ‘साधक’ बाट ‘सिद्ध’ बन्ने ढोका खोलिदियो।
विवाहपछि उनी मोरङको लेटाङ–९, जातेमा बसोबास गर्न थाले र यहीँबाट आध्यात्मिक सेवा, समाजसेवा र रोग निवारणको आफ्नो जीवन–ध्येय सुरू गर । वि.सं. २०७३ देखि उनले पूर्ण निःशुल्क उपचार दिन थाले, र यहींबाट उनको नाम स्थानीय स्तरबाट प्रदेश, देश र उपचार खोज्दै आउने विदेशीहरूसम्म फैलियो ।
त्रिकालेश्वर शिवालय र आश्रमको स्थापना
लेटाङ–९ मा शिवशक्ति बाबाले स्थापना गरेको त्रिकालेश्वर शिवालय मन्दिर धार्मिक तथा ऐतिहासिक दृष्टिले पनि चिरपरिचित छ । यहाँका स्थानीय कथनअनुसार नेताजी सुभाषचन्द्र बोसले भारत–ब्रिटिश युद्धको समय २१ दिनसम्म अदृश्य वास गरेका थिए । उक्त स्थललाई सप्तऋषिहरूको ध्यानस्थल मानिँदै आएको छ । यस्तै, उनले स्थापना गरेको आध्यात्मिक ऊर्जा केन्द्रमा
३३ कोटी देवीदेवताको दिव्य उपचार कक्ष, काली मन्दिर, चमत्कारी हवन कुण्ड, लगायतका संरचनाहरू छन्, जहाँ दैनिक हजारौँको ओहोरदोहोर हुन्छ ।
वि.सं. २०७९ मा स्थापना भएको आशीर्वाद शिवशक्ति साधना केन्द्र आश्रम आज निःशुल्क भोजन, आवास, दीर्घरोगीका लागि विशेष कक्ष, ध्यान–योगका लागि खुला कक्ष प्राप्त गर्न सकिने राष्ट्रिय–अन्तर्राष्ट्रिय केन्द्र बनेको छ ।
उपचार–कृपा र करुणाको सम्पत्ति
शिवशक्ति बाबा उपचारका कुनै शुल्क लिँदैनन् । उनको एक मात्र उत्तर हुन्छ, “सेवा नै मेरो सम्पत्ति हो ।” उहाँको आश्रममा निम्न समस्या लिएर आउनेहरू उल्लेख्य छन्ः पक्षघात, बोल्न नसक्ने बालबालिका, मिर्गी, मानसिक रोग, डिप्रेशन, नसा चेपिएको, हड्डी खिएको वा जोड दुखाइ, निसन्तान समस्या, वास्तु, तन्त्र, शनि तथा आत्मिक समस्या, दीर्घरोग, जीवनमा अवरोध, असफलता, कानुनी÷प्रशासनिक अड्चन, विदेश जाने प्रक्रियामा अवरोध, व्यवसाय असफलता आदि ।
मानिसहरूको विश्वास छ, “जहाँ ज्ञान, पैसा र प्रयासले काम गरेन, त्यहाँ बाबाको कृपाले चमत्कार हुन्छ।” उपचारपछि हिँड्न नसक्ने हिँडेका, बोल्न नसक्ने बच्चाले कुरा गर्न थालेका, निराश व्यवसायीले फेरि उठेका, देश–विदेशमा भिसा रोकिएका केस एक्कासि खुल्न थालेका धेरै उदाहरण भक्तजनहरु सुनाउँछन्।
दानलाई जीवनदायिनी बनाउने स्थल
शिवशक्ति बाबाले आफूसँग आएका प्रत्येक दान, दक्षिणा, सहयोगलाई गरीब, असहाय, रोगी, विद्यार्थी, आश्रम, क्लब, स्कुल, क्यान्सर रोगी, विदेशी उपचार खोज्नेलाई निःशुल्क वितरित गर्दै आएका छन् । आश्रमले नियमित रूपमा गर्ने सेवाहरूमा खाद्यान्न, लुगा, औषधि वितरण, दशैँ–तिहारमा गरीब समुदायलाई सामूहिक भोज, दीर्घरोगीलाई मासिक राहत, विद्यार्थी–खेलाडीलाई पोशाक, किताब, झोला, स्कुल, गुरुकुल, क्लबलाई अनुदान, आत्मिक जागरण तथा शारीरिक सबलता कार्यक्रम, वैदेशिक यात्राका बिरामीलाई यात्रा सहयोग गर्ने गरेको छ । उनी भन्छन् “दुःख हटाउन पाएँ भने त्यही नै सबैभन्दा ठूलो पूजाः हो।”
पुरस्कार, सम्मान र अन्तर्राष्ट्रिय मान्यता
शिवशक्ति बाबाको लोकप्रियता बढेसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूले उनलाई थुप्रै सम्मान प्रदान गरिरहेका छन्।
उनीलाई सिक्किम सरकारका पूर्व मन्त्री श्री जी.एम. गुरुङबाट अभिनन्दन–पत्र, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबाट “तन्त्र सम्मान पत्र”, वल्र्ड एस्ट्रो फेडेरेसनबाट “वराह सम्मान पत्र”, मिशन नेपालबाट ताम्रपत्र, शिल्ड, प्रशंसा–पत्र, राष्ट्रिय तान्त्रिक गौरव पुरस्कार (राष्ट्रिय संस्कृति प्रतिष्ठान) लगायतका सम्मान प्रदान गरिएका छन् । यसैगरी, उनलाई वल्र्ड एस्ट्रो फेडेरेसन कोशी प्रदेश सल्लाहकारमा समेत नियुक्त गरिएको छ ।
जगतगुरु र महामण्डलेश्वरः प्राप्त उपाधि
यसैगरी रामधुनी सुनसरीमा आयोजित सनातन धर्म सम्मान समारोहमा अन्तर्राष्ट्रिय सन्त वैदिक मञ्च इन्डो–नेपाल रिलेसन एन्ड पिस फाउन्डेसन विश्व वैदिक गुरुकुल लगायत संस्थाहरूले उनलाई औपचारिक रूपमा “महामण्डलेश्वर” र “जगतगुरु” घोषणा गरेका छन् । उनी भन्छन् “मैले यो उपाधि पढेर होइन, जन्मसिद्ध दैविक शक्तिका कारण पाएको हुँ।”
उनीसँग प्राप्त, विश्व दैविक शक्ति महारत्न अवार्ड २०२५, अन्तर्राष्ट्रिय गौरव अभिमान पुरस्कार २०२५, मानार्थ डाक्टर उपाधि लगायत रहेको छ । यि सबै उनको प्रभाव र कार्यप्रति कदर स्वरूप प्रदान गरिएको मानिन्छ ।
आगामी सपनाः आध्यात्मिक सेवाको विश्वव्यापी विस्तार
शिवशक्ति बाबाका केही भव्य लक्ष्य रहेको बताइन्छ । ५१ फिट अग्लो पञ्चकन्या पाथीभरा मन्दिर (वि.सं. २०८५ सम्म) निर्माण गरिसक्ने , पञ्चमुखी शिवालय र हनुमान मन्दिर (वि.सं. २०९० भित्र), निःशुल्क अस्पताल, ध्यान–चिकित्सा केन्द्र, गुरुकुल, अनाथ बालबालिकाका लागि स्कुल, पुस्तकालय, खेलकुद तथा युवा क्लब, अन्तर्राष्ट्रिय ध्यान–उपचार केन्द्र, आश्रयविहीन र संकटग्रस्तका लागि जीवन–आश्रय लगायतको योजना बाबाले साँच्नुभएको छ । उनको अभिव्यक्ति सधैं एउटै हुन्छ, “कसैलाई पैसा नहुँदा रोगले मृत्यु नहोस्। संसारभर मानवताको सेतु बन्ने केन्द्र चाहिन्छ।”
अन्त्यमा
लेटाङको एउटा साधारण गाउँबाट सुरु भएको एउटा नाम, आज विश्वका भक्तजनको आशाको प्रतीक बनेको छ । शिवशक्ति बाबा आफूलाई कहिल्यै ‘चमत्कार गर्ने व्यक्ति’ भन्दैनन् । तर उनी भन्छन्, “मैले केही गरेको होइन। शक्ति त्यसैको हो जसले हामीलाई चलाइरहेको छ । ”
यसै श्रद्धाभाव, सेवाभाव र करुण भावनाले आज उनी लाखौँ मानिसको मन–मनमा ‘जगतगुरु’ रूपमा स्थापित भएका हुन् । जहाँ ज्ञान, पैसा र प्रयासले काम गरेन, त्यहाँ बाबाको दिव्य कृपाले चमत्कार सम्भव हुन्छ भन्ने भक्तजनहरुको विश्वाससहितको भनाइ रहेको पाइन्छ । शिवशक्ति बाबाले पछिल्ला दिनमा सम्पूर्ण जीवन मानव कल्याणमा समर्पित गर्दै आएका छन् । मन्दिर वा व्यक्तिबाट प्राप्त सम्पूर्ण दान, अर्पण तथा दक्षिणाहरू गरिब, रोगी, असहाय र जनसेवामा प्रयोग गरिने जनाइएको छ ।
उक्त आश्रमबाट अचेल गरिब, असहायलाई खाद्यान्न, लुगा, औषधि वितरण, दशैं, तिहार र ठूला चाडहरूमा गरीब समुदायका लागि सामूहिक भोज, क्यान्सर तथा विशेष रोगीलाई मासिक राहत, देश–विदेश जाने बिरामीलाई यात्रा सहयोग, क्लब, स्कुल, गुरुकुल, आश्रमलाई अनुदान, विद्यार्थी, खेलाडीलाई पोशाक, किताब, झोला वितरण, शिक्षामा प्रोत्साहन, आत्मिक जागरण र शारीरिक सबलता प्रवद्र्धन लगायतको व्यवस्था प्रवन्ध गरिएको छ ।
पछिल्लो समय बाबाको आशिर्वाद र कृपाका कारण उनको चर्चा ह्वात्तै बढेको मात्र छैन, उनलाई विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार तथा सम्मानको ओइरो लाग्न थालेको छ । उहाँ अझ ज्यादा सफलताको हाम्रो तर्फबाट पनि शुभकामना ।









0 comments
Write Down Your Responses