काठमाडौं । स्वतन्त्र साहित्य पुञ्ज नेपालले विशेष कवि गोष्ठी एवं श्रष्टा भेटघाट कार्यक्रय सम्पन्न गरेको छ ।
ललितपुर स्थित महालक्ष्मी नगरपालिका टिकाथलीमा संस्थाले वरिष्ठ साहित्यकार तथा छन्द कविहरुको उपस्थितिमा भव्य जमघट आयोजना गरेको हो ।
संस्थाका अध्यक्ष भवानी न्यौपाने भावनाको अध्यक्षता र महाकाव्यकार एवं वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसेको प्रमुख आतिथ्यताका कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा डा. ढुन्डीराज पहाडी विशिष्ठ अतिथि र डा. रमेश शुभेच्छुकले समिक्षकका रुपमा वाचित कविताहरुबारे समिक्षा गर्नुभएको थियो ।
कार्यक्रममा कवि ढुन्डीराज पोखरेले, हरि घिमीरे, चिरञ्जिवि सिग्देल, शारदाप्रसाद पहाडी, रत्न बिरही घिमीरे, कल्पना काफ्ले, एसआर दुवाडी लगायतले कविता वाचना गर्नुभएको थियो ।
उक्त कार्यक्रम सञ्चालन संस्थाकी सदस्य छन्दिका त्रिपाठीले गर्नुभएको थियो भने स्वागत मन्तव्य दिव्यलक्ष्मी पोखरेलले गर्नुभएको थियो ।
२०८० वैशाख १ गतेबाट औपचारिक रुपमा सञ्चालनाम आएको यस संस्थाले पहिलो कार्यक्रम वाल्मिकी विद्यापिठमा भव्यताका साथ सम्पन्न गरेको थियो ।



0 comments
Write Down Your Responses