Powered by Blogger.
भूकम्पपीडित खेलपत्रकारलाई आर्थिक सहयोग


नेपाल खेलकुद पत्रकार मञ्चले भूकम्पपीडित १४ खेल पत्रकारलाई आर्थिक सहयोग गरेको छ ।

मञ्चले बिहिबार कार्यक्रमको आयोजना गरी गत वैशाखमा गएको विनाशकारी भूकम्पबाट घर पूर्ण तथा आंशिक रुपमा क्षति भएका १४ पत्रकारलाई आर्थिक सहयोग गरेको हो । घर पूर्णरुपमा क्षति हुने खेल पत्रकार अजय फुयाँल, ध्रु्रब तुलाधर, गोविन्द रेग्मी, सोनिका अर्याल, रञ्जन अधिकारी र दीननाथ बरालसहित छ जनालाई प्रतिव्यत्ति ६० हजार रुपैंया प्रदान गरिएको थियो ।

त्यसैगरी, आंशिक रुपमा घर क्षति भई सहयोग प्राप्त गर्नेहरुमा मुना कार्की, निरञ्जन राजबंशी, महेश आचार्य, सञ्जीव शिल्पकार, पवन आचार्य, विक्रम थापा, अन्जन खड्का र प्रदीप पौडेल छन् । उनीहरुलाई जनही रु ४० हजार प्रदान गरिएको थियो ।

मञ्चका अध्यक्ष अजय फुयाँलले भूकम्पपीडित पत्रकारलाई चेक हस्तान्तरण गर्दै नेपालका विभिन्न सङ्घसंस्था तथा अन्तर्रा्ष्ट्रिय खेलकुद सङ्घ एआइपिएसको सहयोगमा पत्रकारलाई सहयोग बाँडिएको जानकारी दिए ।

0 comments

Write Down Your Responses