Powered by Blogger.
आइसिसी टी–२० विश्वकप : यसकारण गुम्यो नेपालको अवसर


अबको झन्डै आठ महिनापछि (मार्चमा) भारतले आइसिसी टी–२० विश्वकप आयोजना गर्दै छ । यसका लागि आयोजक भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले विश्वकपमा प्रयोग हुने आठ सहर र रंगशाला पनि सार्वजनिक गरिसकेको छ । बेंग्लोर, चेन्नाई, धर्मशाला, मोहाली, मुम्बई, नागपुर, नयाँदिल्ली र कोलकाताले विश्वकपका खेलहरू आयोजना गर्नेछन् । छिमेकी देश र सहरहरूमा विश्वकप महाकुम्भ मेलाको रौनक सुरु हुँदा नेपाली क्रिकेट समर्थक भने निराश छन् । उनीहरूका लागि यसपटकको टी–२० विश्वकप केही खल्लो हुने पक्का छ । नेपाली दर्शकले अघिल्लो संस्करणको जस्तो यसपटक आफ्ना खेलाडीले प्रतिस्पर्धा गरेको टेलिभिजनमा प्रत्यक्ष हेर्दै समर्थन गर्न पाउनेछैनन् । अन्य देशकै  समर्थन गर्नुपर्नेछ । आयरल्यान्डमा जारी छनोट प्रतियोगितामा निकै खराब प्रदर्शन गरेपछि नेपालले लगातार दोस्रोपटक टी–२० विश्वकपमा सहभागिताको अवसर गुमाइसकेको छ । नेपालले अघिल्लोपटक बंगलादेशमा आयोजित गरेको टी–२० विश्वकप खेलेको थियो । नेपाली खेलकुदमा छनोट चरण पार गर्दै खेलेको त्यो नै पहिलो विश्वकप थियो ।

उक्त ऐतिहासिक सहभागिताका लागि नेपालले युएईमा नकआउट चरणको प्लेअफमा हङकङविरुद्ध अन्तिम बलमा सनसनीपूर्ण जित निकालेको थियो । सो छनोट प्रतियोगितामा नेपालले तेस्रो स्थान हात पारेको थियो । त्यसको तुलनामा यसपटकको छनोटमा नेपालको प्रदर्शन निकै दयनीय रह्यो । यति कमजोर रह्यो कि नेपालले समूह चरण पार गर्नै सकेन, बरु सात टोली सम्मिलित समूहको पुछारमा सीमित रह्यो । नेपालले अमेरिकाविरुद्ध अन्तिम दुई बल बाँकी छँदा ६ विकेटको जित हात पारेको थियो । नामिबियाविरुद्धको खेल वर्षाको कारण रद्ध भएपछि अंक बाँडेको नेपालले त्यसपछिका लगातार चार खेलमा पराजय बेहोर्‍यो । नेपाल हङकङजस्तो पुरानो प्रतिद्वन्द्वीसँग मात्रै होइन, जर्सीजस्तो नवप्रवेशी टोलीसँग पनि निकै कमजोर प्रदर्शन गर्दै पराजित हुन पुग्यो ।

पछिल्लोपटक सशक्त प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा एकपछि अर्काे उपलब्धि हात पार्दै आइरहेको नेपालले छनोट प्रतियोगितामा निकै कमजोर प्रदर्शन गर्‍यो । प्रतियोगिताका दौरान प्रत्येक हारपछि कप्तान पारस खड्काले खेलाडीहरूले आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्न नसकेको बताए । आजको नयाँ पत्रिकामा खवर छ ।उनले प्रतियोगिताको बाँकी खेलमा आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्ने पनि उल्लेख गरे, यद्यपि उनले भनेजस्तो कुनै पनि खेलमा नेपाली खेलाडीले प्रदर्शन गरेनन् ।

0 comments

Write Down Your Responses