Powered by Blogger.
नेपाली क्रिकेट टोलीको फिजिओलाई यौन दुर्व्यवहारको आरोप

नेपाली राष्ट्रिय क्रिकेट टिमका फिजियो डा.अइजाज बसिर असाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । भारतीय नागरिक ४२ वर्षीय बसिरलाई मसाज गर्ने युवतीलाई बिनासहमति यौनिक आसयले समातेको आरोप लगाइएको छ ।

मंगलबार पक्राउ परेका उनलाई बुधबार स्थानीय आर्डस म्याजिष्ट्रेट कोर्टमा उपस्थित गराइएको थियो । हत्कडी लगाएर डा. बसिरलाई अदालतमा उपस्थित गराइएको वेलफास्टलीग्राफले जनाएको समाचार इकान्तिपुर डटकमले लेखेको छ ।

डा. बसिरले मंगलबार टिम बसेको ला मोन होटलमा ती महिलामाथि यस्तो कार्य गरेको आरोप लगाइएको छ । ट्वान्टी–२० विश्वकप छनौट खेल्न आयरल्यान्ड पुगेको नेपाली टोली होटलमा बसिरहेको छ । प्रहरीका अनुसार डा. बसिरले महिलालाई शरीर मसाजको लागि अह्राएका थिए । मसाज गर्दाको बेला उनले भित्रि वस्त्र लगाउनुपर्नेमा नलगाइ बसेको र दुव्र्यवहार गरेको प्रहरीको भनाइ छ ।

बसिरले लगत्तै ती महिलासँग होटल म्यानेजरको अगाडि माफी मागेको र १० यूरो टिप्स दिएका थिए जुन ती महिलाले अस्वीकार गरिन् । डा. बसिरका वकिलले भने यौन दुव्र्यहार आरोपको खण्डन गरेका छन् । ट्वान्टी–२० छनौटकै लागि पूर्वी मुम्बईका डा. बसिर फिजियोको रुपमा नेपाली टोलीमा संलग्न भएका थिए । तस्बिर स्रोत: इकान्तिपुर डटकम ।

0 comments

Write Down Your Responses