Powered by Blogger.
जनकल्याणले ग¥यो आफ्ना पूर्व विद्यार्थीलाई सम्मान

पालुङ । थाहा नगरपालिकाको जनकल्यण उच्च माध्यमिक विद्यालयको वार्षिक अभिभावक भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । थाहा नगरपालिका ७ वडा मा रहेको विद्यालयमा भएको कार्यक्रममा जनकल्यण उच्च माविमा अध्यययन गरी विभिन्न उच्च ओहोदामा पुग्न सफल व्यक्ति तथा भूकम्पबाट विद्यालयमा क्षति पुगेको अवस्थामा सहयोग गर्ने संघसंस्थालाई सम्मान गरिएको हो ।
कार्यक्रममा जनकल्यण उच्च माविमा अध्यय गरी नेपाल सरकार स्वास्थ्य मन्त्रालयमा सहसचिव पदमा कार्यरत रघुराम विष्ट, कान्तिपुर दैनिकका वरिष्ठ संवाददाता प्रताप विष्ट र कर फछ्र्यौट आयोगकासदस्य उमेश ढकाललाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा मकवानपुर २ का सभासद सुभाष ठकुरीले शिक्षा नै ठूलो कुरा भएको बताए । सभासद् ठकुरीले आफ्ना बालबालिकालाई शिक्षा दिए सबै भन्दा ठूलो सम्पत्ति त्यही बताए । कार्यक्रममा मकवानपुरका जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद पौडेलले विभिन्न प्रविधि संगसंगै जोडिएर अघि बढ्नुपर्ने बताए । उनले किताब पल्टाएरै भन्दा पनि प्राविधिक कुराले पनि सिकाइमा थप टेवा मिल्ने बताए ।
सम्मानित पूर्व विद्यार्थीहरुका तर्फबाट स्वास्थ्य मन्त्रालयका सहसचिब रघुराम विष्टले आफूहरुलाई सम्झेकोमा खुशी व्यक्त गरे । सहसचिव विष्टले विद्यालयको सहयोगका लागि आफू तयार रहेको बताए । कान्तिपुर दैनिकका वरिष्ठ संवाददाता तथा पूर्व विद्यार्थी प्रताप विष्टले विद्यालयलाई आफ्नो तर्फबाट सहयोग हुने बताए । उनले पत्रकारिताकै माध्यमबाट सकेको सहयोग गरिरहेको बताउँदै खानेपानी समस्या छ भने तत्काल समाधानको लागि आफूले सहयोग गर्ने वचन दिए । जनकल्यण उच्च माविमा नै अध्ययन गरेर चार्टर एकाउन्टेट भएका उमेश ढकालले विद्यालयलाई सहयोग गर्नका लागि पारदर्शिता पनि हुनुपर्ने धारणा राखे । उनले यस अघि क्याम्पसले गरेको महायज्ञको हरहिसाब सार्वजनिक नभएको प्रसंग कोट्याउँदै त्यस्तै कुराले मनकारीहरुलाई सहयोग गर्ने बाटो टुट्दै जाने धारणा राखे ।
जनकल्याण उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष राजीब कुमार स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य सानोभाइ कार्कीले शैक्षिक सत्र २०७१ को शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा यहि वैशाख १२ गते गएको विनासकारी भूकम्पका कारण क्षति भएको विद्यालयको पुर्ननिर्माणमा सहयोग गर्ने सेभ द चिल्ड्रेन, नेष्ट मकवानपुर, नयाँ सबुज गण सुपारेटार ब्यारेक, जिल्ला शिक्षा कार्यालय मकवानपुर लगायतका संघसंस्थाहरुलाई पनि प्रसंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेष्ट मकवानपुरका निर्देशक गणेश कुमार श्रेष्ठ, नेपाली काँग्रेसकाइश्वरनाथ पौडेल, नेकपा एमालेका अच्युत्तम ढकाल, एकीकृत माओवादीका विष्णु विष्ट, राष्ट्रिय जनमोर्चाका उत्तरबहादुर गोपाली, सेतिगणेश निमाविका प्रधानाध्यापक उर्मिला गोपाली, मत्स्यनारायण माविका प्रधानाध्यापक विष्णुहरि ढकाल, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बिमलकुमार ढकाल जनकल्यण एल्मोनाई एशोसियसनका सचिव सुरेन्द्रमान प्रधान लगायतले धारणा राखेका थिए ।

कार्यक्रमको अवसरमा विद्यार्थीहरुले विभिन्न गित तथा नृत्य पनि प्रस्तुत गरेका थिए । यसैबीच विद्यालयमा निर्माण भएको विज्ञान पुस्तकालय पनि सभासद् ठकुरीले उद्घाटन गरेका थिए । कार्यक्रमको अवसरमा विद्यालय कम्पाउण्डवालको शिलन्यास तथा श्रव्यदृश्य कक्षाको पनि उद्घाटन गरिएको छ । त्यस्तै, थाहा नगरपालिका वडा नंबर १ ओखरबजारमा रहेको झम्केश्वरी माध्यमिक विद्यालयको अभिभावक भेला पनि सम्पन्न भएको छ ।


0 comments

Write Down Your Responses