Powered by Blogger.
पालुङमा देशैभरका साहित्यकार सम्मानित

पालुङ । पालुङ साहित्य परिषद्को आयोजनामा पुस्तक विमोचन, स्रष्टा सम्मान र काव्य वाचन कार्यक्रम सम्पन्न भएको छ । मकवानपुरको थाहा नगरपालिका शिखरकोटमा शनिबार पालुङ साहित्य परिषदका अध्यक्ष बिर्खे अन्जानद्धारा लिखित मकवानपुरकै पहिलो समालोचना कृति ‘शल्यकृया’ पुस्तकको विमोचन भएको छ ।
विमोचनको क्रममा स्रष्टा सम्मान तथा काव्य वाचन कार्यक्रम पनि भएको थियो । पालुङ साहित्य परिषदको आयोजना तथा थाहा नगरपालिकाको प्रायोजनामा भएको कार्यक्रममा पल्लव साहित्यिक प्रतिष्ठानका अध्यक्ष गोर्खे साइलोको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । परिषदका अध्यक्ष बिर्खे अञ्जानको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि गोर्खे साइँलो, विशिष्ट अतिथि हयग्रीव आचार्य हेटौंडा, उज्ज्वल जि सी काठमाडौं, भवानी न्यौपाने भावना दाङ, मिलन समीर स्याङ्जा रहेका थिए ।

कार्यक्रममा पालुङ बहुमुखी क्याम्पसका प्रमुख रामहरि अधिकारी, समर्पण साहित्य परिषद् चितवनकी अध्यक्ष उषा तिवारी, मातृभूमि साहित्य समाज मकवानपुरका सचिव मनोज ढुङ्गाना, दुर्गम नेपालका सम्पादक सङ्कल्प निर्मोही, दामन पोष्ट साप्ताहिकका कार्यकारी सम्पादक राम बर्तौला, एनेकपा माओवादीका अरूण रायमाझी, नेकपा एमालेका बलराम थापा, नेपाल रेडक्रस सोसाइटी दामन उपशाखाका अध्यक्ष मधुसूदन रायमाझी, पालुङ उपशाखाका अध्यक्ष केदार बिडारी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष लक्ष्मण बिष्ट लगायत अन्य सामाजिक सङसस्थाका प्रतिनिधि रहेका थिए ।

कार्यक्रममा लक्ष्मण बिष्ट, अरूण रायमाझी, बलराम थापा, रामहरि अधिकारी, उषा तिवारी, मनोज ढुङ्गाना, सङ्कल्प निर्मोही, मिलन समीर, भवानी न्यौपाने भावना, उज्ज्वल जिसी, हयग्रीव आचार्य, गोर्खे साइलो लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा श्रष्टाहरलाई बिभिन्न सम्मानले सममनित गरिएको थियो । सम्मानित हुनेमा बीपी स्मृति साहित्य सम्मानबाट उज्ज्वल जिसी, रूपचन्द्र बिष्ट स्मृति साहित्य सम्मानबाट हयग्रीव आचार्य , मदन भण्डारी युवा साहित्य सम्मानबाट मिलन समीर, पालुङ साहित्य सिर्जनशील नारी साहित्य सम्मानबाट भवानी न्यौपाने भावना लाई सम्मानित गरिएको थियो ।

संस्थालले मकवानपुले जिल्ला भरिका स्रष्ठालाई एकिरण गरि लान र सस्थालाई बचाउनको लागि सबैले सयोग गर्नु आवश्यक उनको भनाई थियो । कार्यक्रममा उपस्थित भएका साहित्यकार, ,कार्यक्रमलाई प्रायोजन गरि दिएको प्रति थाहा नगरपालिकालाई संस्थाका अध्यक्ष विर्खे अन्जानले धन्यावदा दिए । कार्यक्रममा थाहा कला केन्द्रका विद्यार्थीहरुले विभिन्न राष्ट्र भक्ति गीत समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानिय गजलकारहरुले पनि गजल वाचान गरेका थिए ।


0 comments

Write Down Your Responses