Powered by Blogger.
पालुङ्मा घैँटो फुटाउने प्रतियोगिता

काठमाडौँ २१ भदौ । मकवानपुरको थाहा नगरपालिका अन्तर्गत शिखरकोटमा घैँटो फुटाउने प्रतियोगिता सम्पन्न भएको छ । थाहा नगरपालिका वजार व्यवस्थापन समितिको आयोजनामा भएको घैँटो फुटाउने प्रतियोगितामा ७ वटा टिमले सहभागिता जनाएको थिए । प्रतियोगितामा डेन्जर ग्रुप शिखरकोट, शिर्जनशिल यूवा क्लव, वोलवम कावरिया सँघ शिखरकोट, किरानचोक यूवा क्लव किरानचोक, आग्रा यूवा क्लव आग्रा, एकता यूवा क्लव देउराली सहभागिता रहेका थिए ।

प्रतियोगितामा एकता यूवा क्लव देउराली प्रथम, आग्रा यूवा क्लव आग्रा द्धितिय र किरान्चोक यूवा क्लव किरान्चोक धादिङ तृतिय भएका छन । प्रथम हुने समुहले नगर ५ हजार र २ पाउण्डको केक, द्धितिय हुने समुहले ३ हजार र तृतिय हुने समुहले २ हजार रुपैया पुरस्कार पाएका छन ।

प्रतियोगिता भव्यताकासाथ सम्पन्न भएको वजार व्यावस्थापन समितिका कोषध्यक्ष मनोज रायमाझीले बताउनु भयो । सो प्रतियोगितामा २ जना घाइते भएको थिए । घाइतेको अवस्था भने सामान्य रहेको रहेको रायमाझीले बताउनु भयो ।

प्रतियोगिता हेर्नको लागि मकवानपुरको थाहानगरपालिका, लागायत आसपासका जिल्लाहरु धादिङ¸काठमाण्डौ,हेटौडा,वारा, पर्सा ,ललितपुर चितवानदेखि आएका वजार व्यवस्थापन समितिका अध्यक्ष अनित केसीले बताउनु भयो । २०५३ सालदेखि शिखरकोटका समाजसेवी यादव जँग रायमाझीको संयोजकत्वमा शुरु भएको घैँटो फुटाउने प्रतियोगिता हाल सम्म निरन्तर सञ्चालन भइरहेको छ ।

0 comments

Write Down Your Responses