Powered by Blogger.
पत्रकार पाण्डेले जिते ३२ राष्ट्रका प्रतिस्पर्धिलाई


काठमाडौँ, २१ भदौ । 
पत्रकार एवम् वृत्तचित्र निर्देशक गणेश पाण्डेले अन्तर्राष्ट्रियस्तरको ‘द मार्स अवार्ड’ जित्नुभएको छ । 

मलेसियाको राजधानी क्वालाम्पुरस्थित दि प्यालेस अफ गोल्डेन हर्सेसमा शनिबार आयोजित समारोहमा एसिया एक्सिलेन्स इन्टरप्रेनुअर फेडेरेसन इइइएफले पाण्डेलाई सो सम्मान प्रदान गरेको हो । एसियाका पेसाकर्मीहरुलाई प्रदान गरिने सो सम्मानका लागि ३२ राष्ट्रका सञ्चारकर्मी, वृत्तचित्र निर्माता, विभिन्न पेसाकर्मी, उद्यमी एवम् व्यवसायी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । 

खोजमूलक वृत्तचित्रमार्फत सामाजिक, मानवीय तथा आर्थिक क्षेत्रमा विशेष योगदान पु¥याएका कारण पाण्डेलाई छनोट गरिएको हो । सञ्चारकर्मी पाण्डेले सशस्त्र युद्धका क्रममा श्रीमान् बेपत्ता पारिएपछि उनका श्रीमती, बालबालिका तथा समाजले भोगेका समस्याका बारेमा ‘अन्तिम सन्देश’ नामक वृत्तचित्र र न्यायका लागि सङ्घर्षरत सावित्री श्रेष्ठका बारेमा ‘बहादुर बहिनी’ नामक वृत्तचित्र तयार पार्नुभएको थियो । 

उहाँले वृत्तचित्रमार्फत नेपालका विभिन्न जिल्लामा पत्रकारिता अक्षयकोष स्थापना गरी मानवीय सेवामा योगदान पु¥याएका कारण उहाँलाई सो सम्मान गरिएको हो । सन् २०११ मा स्थापित इइइएफले विभिन्न देशका उत्कृष्ट पेसाकर्मीलाई छानेर हरेक वर्ष सोे सम्मान प्रदान गर्दै आएको छ ।


0 comments

Write Down Your Responses