Powered by Blogger.
सुधँ्रदै गएको तीज पर्व


तीज एक सांस्कृतिक पर्व हो । अझ भनौं नेपाली हिन्दू महिलाहरुको एक प्रमुख चाड हो । हरितालिका तीज धार्मिक ग्रन्थअनुसार राजा हिमालयका पुत्री पार्वतीले भगवान शिव जस्तो पति पाउँ भनी निराहार व्रत बसेकी थिइन् । पार्वतीले तपस्या गर्दागर्दै शिवजी पतिका रुपमा प्राप्त गरेपछि उनलाई सो कार्यमा सहयोग पु¥याउने साथीलाई जम्मा पारेर भोज खुवाएकी थिइन् र त्यही विश्वासअनुसार हिन्दू महिलाहरु तीजमा व्रत बस्ने, नाच्ने, रमाइलो गर्ने गर्दछन् ।
देविका राई


पौराणिक मान्यता अनुसार महिला माइती जाने, आ–आफ्ना सुख दुःख बाँड्ने, साथीसंगी भेट्ने, खुसीहरु आदानप्रदान गर्ने, दर खाने, रमाउने, नाच्ने र गाउने तीजको दिनमा शिव भगवानको पूजा गर्ने चलन रहेको छ । तर समय परिवर्तनशील भएसँगै संस्कृतिमा पनि परिवर्तन देखिन थाल्यो ।  पछिल्लो समयमा तीज आउनु भन्दा करिब एक महिना अघिबाट पार्टी प्यालेसमा चर्को मूल्य तिरेर दरको कार्यक्रमहरु आयोजना हुन थाले । संस्कृति मनाउने बहानामा विकृतिहरु देखा पर्न थाले । हुने खाने वर्गकाले त खर्च गर्छन नै तर कतिपयले खोक्रो आडम्बरपन देखाउनकै लागि पनि तडकभडकका साथ तीज मनाउन थाले र ऋणको भारी बोक्ने काम समेत भए ।
देखाउनकै लागि महँगा साडी र बहुमूल्य गरगहना लगाउनाले लुटपाट र चोरीका घटनाहरुमा पनि वृद्धि हुन थाले । खर्च एकदम बढी हुन थाल्यो तीजको लागि । तीजको दर खान जाँदा उपहार दिन पनि बजेट छुट्याइन्थ्यो । पार्टी प्यालेसमा तीज कार्यक्रम राखेर टीकट नै २०–२५ हजार रुपियाँसम्म तिर्नुपर्ने अवस्था समेत ल्याएर विकृति नै हुन थाल्यो । यसले सांस्कृतिक पर्व तीजको धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतामा नै असर पुगेको अवस्था थियो । 

अर्कोतर्फ तीज मनाउनलाई समाज सेवाको बहानामा चन्दा समेत असुल्ने कार्यहरु भए । समाज सेवाका नाममा उठाइएका ती रकमले भव्य पार्टीको आयोजना गरि तीज मनाउने गरेको समेत पाइएको छ  । तर केही वर्ष अगाडीको तीजबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीजप्रति निगरानी बढाएको छ । तडकभडकका साथ तीज पर्व मनाएको र बढी गहना प्रदर्शन गरेर लगाएको पाइएमा कानुन बमोजिम २५ हजारसम्म जरिवाना र १५ दिनसम्म थुनामा राख्ने वा दुवै सजाय गर्ने निर्देशन दियो ।

यो अख्तियारको राम्रो कदम हो, तर यति हुदाहुदै पनि उचित निगरानीको अभावमा पूर्ण रुपमा यस्ता कदम नरोकिए पनि गएका वर्षहरुको तुलनामा धेरै कम हुदै गएका छन् । अख्तियारको यो योजनाले धेरै महिलाहरुकोे तीजमा घरभित्रै आफन्त र परिवारहरुबीचमा सामान्य तरिकाले तीजको दर खान थालेका छन् । पहिलेका तीजको तुलनामा उनीहरुले तीज पर्वको लागि खर्च समेत धेरै हदसम्म कम गरे । 

उच्च वर्गका लागि तीज भड्किलो र खर्चिलो हुने क्रम धेरै हदसम्म निरुत्साहित भए । यो संस्कृतिको नाममा धेरै राम्रो कुरा हो । अख्तियारको यो कार्य साँच्चै प्रशंसा गर्न लायक छ । संस्कृतिलाई संस्कारकै रुपमा मनाउनुपर्छ, विकृति निम्त्याउनु पक्कै राम्रो होइन । संस्कृतिको मूल्य मान्यतालाई बचाउनुपर्छ । त्यस्तै तीजको अर्को सकारात्मक पक्ष पनि छ । महिलाहरु निराहार व्रत बस्नुपर्ने,  पानी समेत नखाई व्रत बस्ने गर्थे ।  यसो गर्दा कतिपयले आफ्ना स्वास्थ्यलाई नै बिगारी रहेका थिए । बेहोस भएर ढल्ने जस्ता समस्याहरु देखिन्थे तर अहिलेको तीजमा स्वास्थ्यलाई पनि ध्यानमा राख्दै पानी तथा फलफूल खाएर व्रत बस्ने प्रचलन पनि छ, जुन सकारात्मक धारणा हो ।

संस्कृतिका नकारात्मक पक्षहरुलाई तोड्दै सकारात्मक पक्ष अवलम्बन गर्दै जानु नै संस्कृतिको सम्मान हो । र यो सही अर्थमा संस्कृति साच्चीकै संस्कृति बन्नेछ । संस्कृति परिवर्तन त हुनुपर्छ तर आफ्नोपन पनि हुनुपर्छ । समग्रमा तीज पर्वमा तडकभडक र प्रदर्शनी कम हुन थालेका छन्  । यदि नियम कानुन बनाएर अनुगमनमा तीव्रता दिए पक्कै हरेक क्षेत्रमा सुधार हुन्छ भन्ने एउटा उदाहरण पनि हो । आफ्नो गक्षअनुसार संस्कृति मनाउनु नै राम्रो हुन्छ, अनावश्यक खर्चिलो र तडकभडकबाट मनाउनु भन्दा ।

अर्को कुरा तीज गीतहरुमा पहिला सुख दुःख, पीडा, मायाका कुरा समेटीएका हुन्थे तर आजभोलीका तीज गीतहरुमा उच्छृङखलता छाएको छ । जस्तो पनि शब्दहरु राखेर तीज गीत बनाइन्छ, गाइन्छ । यो पक्षलाई पनि ध्यानमा राखेर जस्तो पायो त्यस्तो अश्लिल, उच्छृङखलता जनाउने शब्दहरुलाई सेन्सर लगाउने र मिडिया हाउसले बजाउनमा रोकतोक गर्ने हो भने यो समस्या पनि समाधान हुने थियो ।








0 comments

Write Down Your Responses