Powered by Blogger.
मकवानपुरमा हिन्दी गीत प्रशारणमा रोक


पालुङ, १३ असोज । मकवानपुरमा आवद्ध सबै सामुदायिक तथा व्यवसायीक रेडीयोहरुले  हिन्दी गीत प्रशारणमा रोक लगाएका छन् ।

भारतले नेपाल बिरुद्ध अघोषित नाकाबन्दी गरेर नेपाली जनतालाई दुख दिएको भन्दै मकवानपुरका सम्पूर्ण रेडियोले हिन्दी गीत प्रशारण नगर्ने निर्णय गरेका हुन् ।


हेटौँडामा भएको रेडियो सञ्चालक र स्टेसन म्यानेजरको बैठकले अघोषित नाकाबन्दी नरोकेसम्म हिन्दी गीत प्रशारणमा रोक लगाउने निर्णय गरेको सामुदायिक रेडियो आवाजका अध्यक्ष सुरजकुमार भुजेलले बताउनुभयो ।



0 comments

Write Down Your Responses