Powered by Blogger.
‘मकवानपर आईडल’लाई टंक बुढाथोकीले गीत भर्न दिने


पालुङ, १३ असोज । मकवानपुरको थाहा नगरपालिकामा रहेको थाहा कला केन्द्रको आयोजनामा मकवानपुर जिल्ला स्तरीय एकल गायन प्रतियोगिता ‘मकवानपर आईडल’ को प्रारम्भिक अडिसन जारी छ ।

१ सय भन्दा बढी गीतमा स्वर भरीसक्नु भएका गायक तथा संगीतकार टंक बुढाथोकीले स्टुडियो ९ को तर्फबाट आइडल भएका तथा प्रथम स्थान हासिल गर्न सफल भएकालाई उपहार स्वरुप स्वर भर्न दिने भएका छन् । ‘आइडल भएकालाई १ हप्ता भित्र सम्र्पक गरी स्टुडियोमा ल्याउनुस्, म गीत भर्नको लागि तयार छु’ उहाँले भन्नु भयो । 

उहाँले आइडल भएको १ हप्ता भित्र आइडलको स्वर मकवानपुर जिल्लामा गुञ्जाउने प्रतिवद्धता जनाउनु भएको छ । यस अघि थाहा आईडलकोमा मुख्य निर्णायकको भुमिका खेल्नु भएका वुढाथोकीले एक हप्ता सम्मको बसाईमा धेरै पालुङ बासीहरुको मन जित्न सफल भएको बताउनु भयो ।

थाहा कला केन्द्रले २०७३ सालको नयाँ वर्षमा फाईनल गर्ने गरी सुरु गरेको मकवानपुर आइडल हाल सम्म थाहा नगरपालिको दामन पालुङ, बज्रवारही, आग्रा गाउँ विकास समिति, गोगने गाउँ विकास समितिमा प्रारम्भिक अडिसन सम्पन्न भईसकेको छ ।

चित्लाङ, मार्खु र कुलेखानीको लागि मार्खुमा असोज १६ गते  र हेटौडाको लागि असोज २० तय भएको थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानले बताउनु भयो । ‘मकवानपुर आईडल’ मकवानपुुको पालुङमा हुने फाइनल अडिसनमा प्रथम, द्धितिय  र तृतिय हुनेलाई क्रमश ६० हजार, ३० हजार र २० हजार रुपैंया प्रदान गर्ने जनाइएको छ ।



0 comments

Write Down Your Responses