Powered by Blogger.
पालुङका कृषकले जलाए मोदीको पुत्ला



पालुङ, १४ असोज ।  भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा पालुङमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पुत्ला जलाइएको छ । भारतीय प्रधानमन्त्री मोदीकोे थाहा नगर पालिका वडा नम्मर २ का स्थानीय युवा र कृषकहरुकोे पुत्ला जलाएका हुन् ।

पालुङ खेती योग्य क्षेत्र भएकोले अत्याधिक तरकारी बाली उत्पादन हुने मौसम भएपनि वन्दले यहाँका किसानको तरकारी सहजरुपमा बजार सम्म पु¥याउन समस्या उत्पन्न भएको भन्दै कृषकहरु आक्रोशित छन् ।  उनीहरुले नारा बाजी सहित  मोदीको पुत्ला जलाएका हुन् ।

तरकारीको भाउ गिर्दो अवस्थामा रहेको परिस्थतिमा झन् बन्दले धेरै किसानहरुको तरकारी विक्री वितरण गर्न तथा तरकारी संकलन गर्नको लागि धेरै कठिन भइरहेकोे व्यापारीहरुले बताएका छन । सहभागीहरुले मोदीको साँकेतिक शवलाई पालुङ बजार परिक्रमा गरि गाल्टे बजारमा ल्याई दहन गरेको स्थानीय युवा अनन्त ढकालले जानकारी दिनु भयो । 

0 comments

Write Down Your Responses