Powered by Blogger.
मकवानपुर आइडलको प्रारम्भिक छनौट चौंथो चरणमा



पालुङ । मकवानपुरको थाहा नगरपालिकाका गोपाली गाउँ अन्तरर्गत रहेको कला केन्द्रको भवनमा मकवानपुर आइडलको प्रारम्भिक अडिसनको चौथो अडिसन सम्पन्न भएको छ ।

कला र संस्कृती देशको पहिचान, यसको स्ररक्षण हाम्रो अभियान भन्ने नाराका साथ सञ्चालन गरेको कार्यक्रममा ७९ जनाले भाग लिएका थिए । प्रमुख निर्णायक संगितकार ज्ञानु थापा, गायक आशिष अस्लामी र सुमन खाती रहनु भएको अडिसनमा ३० जना दोस्रो चरणको लागि छनोट हुनु भएको छ ।

कार्यक्रममा छनोट हुनु भएकाहरुलाई प्रमुख निर्णयक ज्ञानु थापाले मकवानपुर आइडल गर्न लागेकोमा आयोजक टिलाई धन्यवाद तथा छनोट हुनु भएकाहरुलाई सफलताको शुभकामना समेत दिनु भएको थियो । थाहा कला केन्द्रको अध्यक्ष सानोवावु मोत्तानका सभाध्यक्षतमा भएको कार्यक्रममा विद्यालयका शिक्षक ,संचारकर्मी र संगीतपे्रमी लगायतको उपस्थिति रहेको थियो । 

थाहा कला केन्द्र मकवानपुरले हाल सम्म थाहा नगरपालिकाको बज्रवाराही, आग्रा गाउँ विकास समिति र गोगने गाउँ विकास समितिमा प्रारम्भिक अडिसन गरिसकेको छ । यस लगतै चित्लाङ, मार्खु, हेटौडा र  मनहरी लगायत क्षेत्रमा गरिने छ । मकवानपुरको विभिन्न ठाउँहरुमा प्रारम्भिक अडिसनहरु काक्तिक महिना सम्म सकिने थाहा कला केन्द्रले जनाएको छ । 

२०७३ सालको नयाँ वर्षको अवसर पारेर फाइनल अडिसन गर्ने गरि प्रारम्भिक अडिसन छनौट शुरु गरिरहेको छ । 


0 comments

Write Down Your Responses