Powered by Blogger.
वक्तृत्वकलामा अर्पणा प्रथम

पालुङ् १ असोज । मकवानपुरगढी–४ शिखरकटेरीमा रहेको चण्डिका उच्च माविमा भएको वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ की अर्पणा घलान प्रथम भएकी छिन् । प्रतियोगितामा कक्षा १० की छिरिङडोल्मा लामा दोस्रो, कक्षा १० की स्वस्तिका थिङ तेस्रो र कक्षा ८ की मनिका सुवेदी सान्त्वना भएकी छिन् ।

होष्टेहैसे समूहको आयोजना र प्लान नेपालको सहयोगमा भएको प्रतियोगिता भएको हो । प्लान नेपाल वित्त संयोजक प्रभा बानियाँको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजविर मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा स्रोतव्यक्ति दोर्जे लामा स्यांतान, प्रधानाध्यापक दासरथी उपाध्याय, गाउँ बाल संरक्षण समितिका संयोजक सुन्दरबहादुर लो, जुनियर रेडक्रस सर्कलकी अध्यक्ष पुष्पा थिङ, शिक्षक विरबहादुर गोले लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses