Powered by Blogger.
संविधानको खुसीयालीमा एमाओवादीको मोटरसाइकल ¥याली


मकवानपुर, ४ असोज । एकिकृत नेकपा माओवादी थाहा नगर कमिटीले संविधान निमार्णको खुसियालीमा सोमबार मोटरसाइकल ¥याली गरेको छ । 

थाहा नगर समितिले एक आपसमा शुभकामना आदान प्रदान गर्नुका साथै वाइक ¥याली गरेर खुसीयाली मनाएको हो ।  एकिकृत नेकपा माओवादीका जिल्ला कमिटि सदस्य तथा ज्योति रायमाझी तथा एकिकृत नेकपा माओवादिका जिल्ला कमिटि सदस्य विष्णु विष्ट (आदर्श) को उपस्थितमा सो ¥याली गरेको थियो । 
¥याली थाहा नगरपालिकाको शिखरकोटबाट शुरु भएर थाहा दोबाटो, थानावाजार, ओखरगाउँ हुदै वज्रवाराहीबाट पुनः शिखरकोट आई समापन भएको थियो ।

¥यालीमा थाहा नगरपालिका लगायत आग्रा, गोगनेका पार्टीका प्रतिनिधिहरुको पनि उपस्थित रहेको थियो । धेरैवर्ष पछिको अथक प्रयास पछि नयाँ संविधान जारी भएकोमा उनीहरु खुसी देखिएका थिए । कार्यक्रममा संविधान निर्माणले अब विकास निर्माण प्रकृयामा समेत नयाँ ढोका खुलेको र यो आशिंक उपलब्धी भएको भन्दै यसको रक्षा गर्दै समाजवाद प्राप्तीको लागि लड््नु पर्ने सहभागीहरुले बताए ।

एकिकृत नेकपा माओवादी  थाहा नगर कमिटीको अध्यक्ष अरुण रायमाझी, जिल्ला कमिटि सदस्य तथा समाजसेवी ज्योति रायमाझी, नगर कमिटिका उपाध्यक्ष विष्णु गोपाली लगायत सहभागी थिए । 



0 comments

Write Down Your Responses