Powered by Blogger.
पाथीभराको नवौं वार्षिक साधारणसभा



पालुङ । मकवानपुरको थाहा नगरपालिकामा अवस्थित श्री पाथीभरा वचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

साधारण सभा संस्थाका अध्यक्ष अर्जुनबहादुर कार्कीको सभाध्यक्षतामा तथा जिल्ला सहकारी संस्थाका अध्यक्ष वद्रीप्रसाद लम्सालको प्रमुख आथित्यतामा भएको हो ।

मत्स्यानाराण माविमा सम्पन्न सो साधारण सभामा ३ करोड ११ लाख ५७ हजार ८ सय ९१ रुपैया बराबरको आय व्यय रकम प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा अध्यक्ष अर्जुनबहादुर कार्की, कोषाध्यक्ष देवकृष्ण क्षेष्ठ, सचिव रामकुमार कार्कीले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

स्वागत सञ्चालक समितिको सह सचिव भुपेन्द्रकुमार हमालले गर्नु भएको थियो । संस्थाका लेखापाल श्याम तामाङले सञ्चालन गर्नु भएको कार्यक्रममा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विमलकुमार ढकाल, मत्स्य नारायण माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदजंग थापा लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो । 

हाल सम्म उक्त सहकारीमा १६ सय ५३ जना सेयर सदस्य रहेका छन् ।

0 comments

Write Down Your Responses