Powered by Blogger.
वार्ताबाट समाधान खोज्न अध्यक्ष थापाको आग्रह


हेटौडा, ८ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मधेसी मोर्चालाई आन्दोलन छाडेर लोकतान्त्रीक प्रकृया अवलम्वन गर्न आग्रह गरेका छन् ।  अध्यक्ष थापाले वार्ताबाट समाधान खोज्न मधेसी मोर्चालाई  आग्रह गरे ।

उनले भन्सार तथा यातायात बन्द गरी जनतालाई दुःख दिदै बिदेशीलाई गुहारेर माग सम्बोधन नहुने दाबी गरेका थिए ।  हेटौँडामा पार्टीको मध्यमाञ्चल क्षेत्रीय भेलालाई सम्बोधन गर्दै थापाले जनतालाई पीडा दिईरहे जनताकै मधेसीहरुलाई जनताको साथ गुम्दै जानेतर्फ समेत सचेत पारे ।
  
जनताको दुई तिहाई मतबाट संबिधान सजिलै संसोधन गर्न सकिने भएकाले आफुहरुजस्तै मधेसी दल पनि लोकतान्त्रिक पद्दतीमा फर्किनुपर्ने अध्यक्ष थापाको भनाई थियो ।

एमाले, काँग्रेस र एमाओवादीले मधेसी दलसँग गरेको सम्झौता तोडेकाले उसको कतिपय माग जायज भएको उनले तर्क गरे । कतिपय कुरा  चित्त नबुझेपनि विचार र पार्टी सञ्चालनमा स्वतन्त्रता, अध्यावधिक निर्वाचन र संबिधान संशोधनको प्राबधान भएकाले संबिधान जारी गर्ने प्रकृयामा सहभागी भएको उनले बताए ।

जनताको सर्वोच्चता र लोकतन्त्रमा बिश्वास राख्नुका साथै धर्म निरपेक्षता, गणतन्त्र, संघीयता समेत परिवर्तन गर्न सकिने भएकाले  आफूहरुले संविधान स्वीकारेको पनि अध्यक्ष थापाले जानकारी दिए ।

अर्को प्रसंगमा उनले ‘भारतले मधेशीलाई बढी अधिकार देऊ, पहाडीलाई कम देऊ’ भन्न नमिल्ने जिकिर गरे । संविधानको स्वागतमा भारतको कञ्जुस्याँईपूर्ण चिसो व्यबहारले उदाउँदो भारतप्रति विश्वकै सद्भावमा कमि आउँने उनको चेतावनी थियो । 




0 comments

Write Down Your Responses