Powered by Blogger.
लालीगुराँसको तेह्रौँ साधारण सभा सम्पन्न



पालुङ, ८ असोज । मकवानपुरको थाहानगरपालिका १ अन्र्तगत रहेको लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेह्रौँ वाषर््िाक साधाराण सभा सम्पन्न भएको छ ।

महिला तथा वालबालिका कार्यालय हेटौडाका प्रमुख महिला विकास अधिकृत शोभा शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष शुसिला प्रधानले आर्थिक वर्ष २०७१÷७२ मा ५६ लाख ९ हजार, ९ सय २१ रुपैयाँ बराबरको कारोवार भएको बताउनु भयो ।

५ लाख ८१ हजार शेयर पूँजी रहेको यस संस्थाले ७३ हजार १ सय २७ रुपैया आम्दानी गर्न सफल भएको प्रधानले बताउनुभयो । निक्षेप ३२ लाख ४ सय ६३ रुयौया संकलन गर्न सफल भएको संस्थाको साधारण सभामा प्रगति प्रतिवेदन पेश गरिएको थियो ।

संस्थाका सचिव सम्झना प्रधानले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।  पालुङ जेसिसको सभाहलमा भएको कार्यक्रम संस्थाका अध्यक्ष रिता प्रधानको अध्यक्षतामा भएको हो । कार्यक्रममा प्रमुख आतिथि रहेका शाहले साधारण सभा  र शेयर सदस्यहरुको प्रमुख दायित्व हुने भएकोले महिला दिदिबहिनीले आ आफनो राय सुभाव राख्ने र सक्रीय भएर अगाढि बढ्नु पर्ने बताउनु भएको थियो ।

उहाँले संस्थाको सदस्य बन्ने मात्रै होइन सदस्यता लिए पश्चात दायित्व पुरा गर्दैै महिला आगाडि बढ्नको लागि अनुरोध समेत गर्नु भयोे । वैशाख १२ गते यता गएकोे भुकम्पले मकवानपुरको थाहा नगरपालिकालाई पनि असर पारेको अवस्थामा यस संस्थाले आतंकित मनहरुलाई सामान्य अवस्थामा फर्काउनको लागि राहत वितरण, मनोपरामर्श लगायतको काम गरेको संस्थाको अध्यक्ष प्रधानले बताउनुभयो ।

सोहि क्रममा संस्थामा सदस्य भन्दा पनि ग्राहकको रुपमा हेर्ने बानीको अन्त्य गरि सहकारी र सदस्यबीचको हैसियत स्थानीय गरी घरका  महिलाहरुलाई यस संस्थामा आवद्ध गरि प्रभावकारी कार्यक्रम गर्ने, सहकारी मार्फत दैनिक जीवनयापनको विकास गराउने लगायतका आँउदो वर्षको कार्यक्रम रहेको बताउनु भयोे । कार्यक्रममा विभिन्न सहकारी संस्थाका अध्यक्ष, संचारकर्मी, संस्थाको पदाधिकारी लगायतको उपस्थित रहेको थियो ।
– रुपक कालिराज

0 comments

Write Down Your Responses