Powered by Blogger.
थाहा नगरपालिकामा टाटा सुमो संचालन

पालुङ् १ असोज । मकवानपुरको थाहा नगरपालिकामा टाटा सुमो सेवा संचालन भएको छ । थाहा यातायात सेवा प्रालिले थाहा नगरपालिका भित्र बस नपुग्ने विभिन्न स्थानका यात्रीलाई अब सुविधा सम्पन्न तरिकाले यात्रा गराउने उद्देश्यको साथ टाटा सुमो सेवा सुचारी गरेको जनाएको छ । 

यात्रु बस सहजै नपुग्ने क्षेत्रमा थाहा यातायातले टाटा सुमो मार्फत यात्रा गराउने भएको छ । यात्रुहरूको सुविधालाई ध्यानमा राखेर टाटा सुमो मार्फत घर दैलो सम्म पु¥याउने गरि यातायात सेवा शुरु गरेको थाहा यातायात सेवा समितिका अध्यक्ष सुमन प्रकाश विष्टले जानकारी दिनु भयो । अहिले ‘गाउ गाँउ टोल टोलमा समेत सडक पुगेको र बस नपुग्ने ठाउँमा टाटासुमो मार्फत यात्रुहरूलाई सुविधा दिँन्छौं,’ अध्यक्ष विष्टले भन्नु भयो । 
थाहा यातायातले पहिलो चरणमा ६ वटा टाटा सुमो मार्फत यात्रुहरूलाई सुविधा दिन लागेको अध्यक्ष विष्टले बताउनु भयो । केहि पछि १०, १२ वटा सम्म सञ्चालन गर्ने जनाएको छ । थाहा नगरपालिकाको विभिन्न कुना कुना सम्म सडक पुगे पनि बस नहुँदा यात्रीहरुलाई समस्या उत्पन्न भएकोले सुमो मार्फत यात्रुहरूलाई सुविधा दिने तयारी गरेको र कतिपय स्थानमा नियमित रूपमा सेवा सञ्चालन भइ सकेको पनि जनाएको छ । 

थाहानगरपालिका देखि काठमाण्डौ र हेटौडा सम्मको लागि सेवा सञ्चालन गरेको सेवाको भाडा दर ३ सय तोकेको जनाएको छ । ‘थाहा नगरपालिका पर्यटकीय स्थल हो तर नियमित सवारी साधन सञ्चालन नहुँदा समस्या थियो अब नियमित टाटासुमो सञ्चालन हुन्छ,’ ‘यात्रुहरूलाई धेरै भन्दा धेरै सुविधा दिनका लागि हामी तयार छौं,’ थाहा यातायात सेवा प्रालिका अध्यक्ष विष्टले भन्नु भयो ।

थाहा नगरपालिकाको वज्रवाराहीको लागि पनि सेवा सञ्चालन गर्ने कुरा भइरहेको यातायातले जनाएको छ ।

0 comments

Write Down Your Responses