Powered by Blogger.
भारतीय नाकाबन्दी विरुद्ध अखिल कार्यकर्ताले सडकमै खाए गिठ्ठा भ्याकुर


हेटौंडा, १४ असोज । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले सिमा क्षेत्रमा अघोषित नाकाबन्दी र हस्तक्षेप विरुद्ध आन्दोलन थालेको छ । 

यही सन्दर्भमा क्षेत्रीय कमिटीले अन्तराष्ट्रिय कानुन विपरित भारतले भुपरिवेष्ठित मुलुक नेपालमा नाकाबन्दी लगाएपछि नेपाली जनता भारतको हस्तक्षेपमा भोकै नमर्ने भन्दै सन्देश दिन सीमाचोकको बीच सडकमै गिठ्ठाभ्याकुर, कन्दमुल र तरुल खाएर विरोध गरेका छन् । अनेरास्ववियुले ‘गिठ्ठाभ्याकुर खाएर बस्न तयार तर भारतको हस्तक्षेपले नेपाली शिर नझुक्ने’ सन्देश दिन यस्तो कार्यक्रम गरेको जनाएको छ । 

क्षेत्रीय अध्यक्ष किसन घिसिङको संयोजकत्वमा गरिएको विरोधमा विद्यार्थी नेताहरुको बाक्लो उपस्थितिले भारतको हस्तक्षेप विरुद्ध नझुक्ने अठोट गरेको थियो । 

कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य एकलाल श्रेष्ठ, सदस्य पार्वती राना, ईश्वर ढुङगाना, अनेरास्ववियु केन्द्रीय सदस्य किशोरकुमार टण्डन, अच्युत पराजुली, सुजता पोखरेल, जिल्ला अध्यक्ष सन्तोष पौडेल, युवा संघ नेपाल मकवानपुरका अध्यक्ष सन्तोष चौलागाँई, अञ्चल सदस्य दिपेश घिमिरे, जिल्ला कोषाध्यक्ष विशाल पौडेल, सचिवालय सदस्य पुष्कर तिमल्सिना, सदस्य प्रमोद फुयाँल, क्षेत्रीय उपाध्यक्ष आकाश अधिकारी लगायतको उपस्थिति रहेको थियो । 

अनेरास्ववियु नेताले भारतको हस्तक्षेप विरुद्ध झुकेर कुनै सम्झौता नगर्न नेपाली शिर्ष नेतालाई चेतावनी दिएका थिए ।





0 comments

Write Down Your Responses