Powered by Blogger.
मकवानपुरमा भूकम्प पुनर्निर्माणका लागि गाँउमै कालिगढ तालिम

शब्द तथा तस्बिरः राजन दाहाल, मकवानपुर

टिष्टुङ, २१ असोज । मकवानपुरको दुई गाँउ विकास समितिमा भूकम्प प्रतिरोधात्मक घर निमार्णका लागि कालिगढ तयार पारिएको छ । घर निमार्णको काममा अनुभब भएका र नयाँ अनुहारका स्थानीयलाई भूकम्पबाट भत्कीएका घर पुनर्निर्माणका लागि तालिम दिइएको हो ।

भूकम्पका कारण ठुलो भौतीक र मानवीय क्षती व्यहोरेको मकवानपुरको उत्तरी गाउँ आग्रा र टिस्टुङमा रहेका सबै वडामा प्रतिवडा १० जनाको दरमा कालिगढ उत्पादन गरीएको छ । टियर फण्डको सहयोगमा राडो नेपालले दुई गाविसमा भूकम्प प्रतिरोधात्मक घर निमार्णका लागि १ सय ८० जना कालिगढ उत्पदन गरेको हो । तीन चरणमा पाँच दिनको तालिम सञ्चालन गरिएको थियो । तालिमका दौरानमा टिस्टुङ र आग्रामा कंक्रिट सहित स्थानीय कच्चा पदार्थ प्रयोग गरी भूकम्प प्रतिरोधात्मक घर निमार्ण गर्न सिकाइएको थियो । तालिमेहरुले गाउँमा दुई सँस्थाले निमार्ण गर्ने १ हजार २ सय ५० घरमा काम गर्ने छन् ।

स्थानीय स्तरमा उपलव्ध कच्चा पदार्यको उपयोग गर्दै प्रतिरोधात्मक घर निमार्णमा तालिममा सहभागी कालिगढको प्रयोग गरीने राडो नेपालका अध्यक्ष कृष्ण धितालले बताए । राडोले दुई गाउँ बिकास समितिको यकिन तथ्याङक संकलन पश्चात घर निमार्णका काम थाल्ने छ । अहिलेको मुल्याङ्कन अनुसार प्रतिघर १ लाख ५० हजार रुपियाँको लागतमा निर्माण हुने छन् । अब बन्ने घरबाट मानिसको ज्यान नजाओस् भन्नका लागि राडोले टियर फण्डको सहयोगमा घर निमार्ण गर्न लागेको अध्यक्ष धितालले जानकारी दिए ।

पूर्ण क्षती भएका मध्ये बिपन्न, एकल महिला, शारिरीक अशक्त, बृद्धबृद्धा धेरै भएकाको घर पहिलो चरणमा निर्माण गर्ने बताइएको छ । राडोले घर निर्माण बाहेक भूकम्पका कारण खानेपानी, शौचालय र विद्यालय सञ्चालनका लागि आवश्यक सहयोग गर्नेछ । तीन चरणमा तयार भएको कालिगढ निमार्ण तालिम सकिएको छ । भूकम्पका कारण टिस्टुङमा १ हजार ५ सय २२ घरमा क्षती पुगेको छ । जसमा ६ सय २५ घर पुर्ण र २ सय ४९ घर आशिंकको सुचिमा रहेको छ ।

भूकम्पका कारण टिस्टुङमा २ बालिका, १ बालक र १ महिलाको ज्यान गएको थियो । भूकम्पले आग्रामा पनि ठुलो भौतीक क्षती भएको भएपनि यकिन तथ्याङ्क आउन सकेको छैन । स्थानीयका अनुसार गाविसको तथ्याङक अनुसार आग्रामा १ हजार ४ सय ९२ घर भएपनि भूकम्प पछि २ हजार भन्दा बढि तथ्याक आएको छ । भूकम्पबाट २ महिला, १ बालिका र ४ पुरुषको मृत्यु भएको थियो ।



0 comments

Write Down Your Responses