Powered by Blogger.
पत्रकार अधिकारी दिल्लीमा सम्मानित


काठमाडौँ, २१ असोज । पत्रकार ऋषिराम अधिकारी दिल्लीमा सम्मानित भएका छन । दिल्लीमा रही सिए अध्ययन गरिरहेका नेपाली सिए विद्यार्थीसंग सम्बन्धित समाचारहरु सम्प्रेषण गरेको भन्दै उनलाई भारतमा रही सिए अध्ययन गरिरहेका नेपाली सिए विद्यार्थीहरुको संस्था हातेमालो नेपाली स्टुडेन्ट ग्रुपले संस्थाको सातौ साधारणसभामा सम्मान गरेको हो ।

हातेमालोले प्रदान गरेको सम्मानबाट आफुलाई अझ जिम्मेवार बन्न प्रोत्साहन मिलेको अधिकारी बताएका छन् । सिए सम्बन्धि ३ बर्षे पत्रकारिताका क्रममा उनलाई प्रदान गरिएको यो पहिलो सम्मान हो । ऋषिराम अधिकारीले हातेमालो नेपाली विद्यार्थी समुहको ५ औं साधारण सभाको समाचार संकलन गरी पत्रकारिताको सुरुवात गरेका थिए ।

त्यसयता निरन्तर रुपमा सिए सरोकार डट कम, सिए सरोकार टेलिभिजन कार्यक्रम र सिए सरोकार रेडियो कार्यक्रममा समेत उनी कार्यरत छन् । पत्रकारिताको ३ बर्षे अनुभव बटुलीसकेका अधिकारी नेपालको लोकप्रिय समाचार नेटवर्क सिए सरोकारका दिल्ली प्रतिनिधि हुन् । पत्रकारिता बाहेक उनी गायन क्षेत्रमा समेत आबद्ध छन् ।



0 comments

Write Down Your Responses