Powered by Blogger.
फ्रान्सेली नागरिकद्धारा विद्यलय भवन शिलान्यास


नुवाकोट,२१ असोज । नुवाकोटको जिलिङ गाबिस वडा नम्बर ८, नलगाउँ स्थित श्री शिलासिता प्राविको नयाँ भवन शिलान्यास भएको छ । भवन फ्रान्सेली नागरिक समाजसेवी दोमिनिक कोनिगले शिलान्यास गरेका हुन् ।

भूकम्पले ध्वस्त बनेको विद्यालयको नयाँ भवन ८ कोठे बन्ने बताइएको छ । भवन केटाकेटी नेपाल फ्रान्स र बालबालिकाहरुको हेरचाह नेपाल मिलेर गर्न लागिएको हेरचाह नेपालका सचिव अर्जुनबहादुर तामाङले जानकारी दिए । करिब २९ लाखको बजेटको  भवन बन्न लागेको प्रधानाध्यापक दिलमानसिहं तामाङले जानकारी दिए । 

विदालय व्यवस्थापन समितिका अध्यक्ष सुर्यबहादुर लामाको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा बिशेष अतिथिद्वय लक्ष्मी योन्जन ( अध्यक्ष हेरचाह नेपाल, संयोजक भिमबहादुर तामाङ केटाकेटी नेपाल, अतिथिहरु क्रमशः गीता पाण्डे प्रधानअधयापक बालकुमारी प्राबि बेलकोट, महामाया निमाबि जिलिङका शिक्षक रामप्रसाद कोइराला र अभिभावकद्वय हरिप्रसाद बजगाइँ र गणेशबहादुर तामाङले शिक्षा क्षेत्र ब्यबस्थितको लागि सबैजना लागिपरेमा राम्रो हुने बताए ।

ओमोटेनासी कन्सलटेन्सी गोंगबु र गोगो फाउन्डेसन नेपालले पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

0 comments

Write Down Your Responses