Powered by Blogger.
स्वच्छन्द भैरव उच्च माविको अध्यक्षमा सुरेश लामिछाने निर्वाचित



चित्लाङ, २४ असोज । मकवानपुरको चित्लाङ स्थित स्वच्छन्द भैरव उच्च माविको अध्यक्षमा सुरेश लामिछाने निर्वाचित हुनु भएको छ । विद्यालयमा व्यवस्थापन समिति अध्यक्ष चयनमा सहमति नभएपछि शनिबार भएको निर्वाचन प्रक्रियाबाट लामिछाने अध्यक्षमा निर्वाचित हुनु भएको हो । 

लामिछाने प्रत्यासीलाई ४२ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो । लामिछानेले ९२ र मोहनलाल जोशीले ५० मत मात्र पाउनु भएको थियो । महिला सदस्यमा भने भगवती लामिछानेलाई ३४ मतले पछि पार्दै सानुमैया खड्गी निर्वाचित हुनु भएको छ । 

दुई सदस्यहरुका लागि भएको निर्वाचनमा सानोबाबु लामा जिम्बा र श्यामलाल बलामी निर्वाचित हुनु भएको छ । जिम्बाले ६१ र बलामीले ७१ मत प्राप्त गर्नु भएको थियो । उहाँहरुका प्रत्यासी शम्भू गमालले ३५ र सन्तमान घोलेले जम्मा ४७ मत मात्र पाउनु भएको थियो । निर्वाचनमा १ सय ६९ मत खसेको थियो भने १५ मत बदर र १ सय ५४ मत सदर भएको थियो । 

कार्यक्रममा जिल्ला शिक्षा कार्यालय मकवानपुरका स्रोतव्यक्ती नारायण भण्डारी निर्वाचन अधिकृत तोकिनु भएको थियो । कार्यक्रममा चित्लाङ गाविसका सचिव तपराज जोशी लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।





0 comments

Write Down Your Responses