Powered by Blogger.
अनेमसंघ हेटौंडामा काफ्ले


हेटौँडा, २४ असोज । नेकपा एमाले निकट अखिल नेपाल महिल संघ हेटौँडा उप महानगरपालिकाको अध्यक्षमा सुमित्रा काफ्ले चयन भएकी छिन् । 

आइतबार हेटौँडामा भएको १४ औ नगर सम्मेलनले काफ्लेको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटि चयन गरेको हो । कमिटिको पदाधिकारी भने पहिलो बैठकले चयन गर्ने नवनिर्वाचित अध्यक्ष काफ्लेले जानकारी दिईन् ।

नगर कमिटि सदस्यहरुमा शुसिला दुलाल, रञ्जिता सिलवाल, कल्पना विक, सकुन्तला थापा, मञ्जु पौडेल, अर्पणा देवकोटा, रचना आचार्य, गोमा लामिछाने लगायका चयन भएका छन् । नगर कमिटि अध्यक्ष सिता विष्टको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव विष्णु ओझाको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा नारायणी अञ्चल इन्चार्ज केदार न्यौपाने, एमाले मकवानपुरका संयोजक रामचन्द्र दनुवार राई, अनेमसंघकी केन्द्रीय सदस्य पद्मा पौडेल, जिल्ला अध्यक्ष गायत्री सुवेदी, एमाले मकवानपुरका नेता रघुनाथ खुलाल लगायतको उपस्थिती रहेको थियो । 

0 comments

Write Down Your Responses