Powered by Blogger.
एमाले अध्यक्ष ओली ३८ औं प्रधानमन्त्री चयन


काठमाडौँ, २५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र नेपालको ३८ औँ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका छन् । उनले वहालवाला प्रधानमन्त्री सुशील कोइरालाई ३ सय ३८ मत ल्याएर पराजित गरेका हुन् । २ सय ९९ मत ल्याँउदा ओलीको विजय सुनिश्चित हुन्थ्यो । काँग्रेस सभापति कोइरालाले २ सय ४९ मत ल्याएका थिए ।

ओली एमाले संसदीय दलका नेता समेत हुन् । पूर्व सहमति अनुसार नेपाली काँग्रेसले एमाले अध्यक्षलाई समर्थन नगरेपछि एमालले एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक लगायत अन्य साना दल र स्वतन्त्र सभासद समेतको समर्थनमा उनी अध्यक्ष भएका हुन् ।

काँग्रेस भित्रकै अधिकांश नेताहरु पूर्व सहमति अनुसार एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउनु पर्ने पक्षमा उभिएपनि काँग्रेसका शिर्ष नेताहरुले भारतीय गुप्तचर संस्था रअ को डिजाइनमा ओली विरुद्ध उमेद्वारी दिने पक्षमा उभिएका थिए । पराजयपछि सुशील कोइरालाको बचेखुचेका शाख पनि समाप्त भएको विश्लेषण गरिन थालेको छ । सहमतिका साथ एमाले अध्यक्ष ओलीलाई समर्थन गरेको भए कोइराला राष्ट्रपति हुने लगभग पक्का थियो ।

अध्यक्ष ओलीलाई १७ दलको समर्थन थियो । कोइरालालाई भने तराई मधेस लोकतान्त्रीक पार्टी, संघीय समाजवादी फोरम नेपाल लगायतले समर्थन गरेको थियो । अध्यक्ष ओलीले पार्टी जीवनमा समेत २ पूर्व 
प्रधानमन्त्रीमध्ये झलनाथ खनाललाई संसदीय दलको नेतामा र माधव नेपाललाई पार्टी अध्यक्षमा माधव नेपाललाई पराजित गरेका थिए ।


0 comments

Write Down Your Responses