Powered by Blogger.
फेरी एउटा जून उदाएको छ

आकासबाट गडगडाउँदै मेघ बर्सिएको बेला
निस्पट्ट कालो जालोमा मुलुक आक्रान्त भएको बेला
हावा मडारिँदै बनेको भुमरीमा जनता लछारिएको बेला
नैरस्यताको मधुरो वाणीसँगै
एउटा जून उदाएको छ ।

रोई रोई बत्ति मुनिको अँध्यारोमा बसेका जीवनहरूमा
आसै आसाको त्यान्द्रोमा अल्झेर बसेका मनहरूमा
अनि केवल निमेषभरको लागि बाँचेको तनहरूमा
अभावमय उच्च पहाडको चेपबाट
केसी सुभाष
फेरी एउटा जून उदाएको छ।


निख्रिदै गएको बिस्वास भित्र
टिलपिलाउँदै गरेको आँसु भित्र
अनि जीवनको अन्तिम घडी भित्र
पत्थरहरूको साँघुरो चेपबाट
फेरी एउटा जून उदाएको छ।

ओस्सिएर खुम्चिएको झिना आसाहरूलाई
टुक्रिदैँ जोडिदैँ फेरी टुक्रिएको भरोसाहरूलाई
कुण्ठिँत बनाएर मारिएको विस्वासहरूलाई
एक पटक जीवन्त पार्न भन्दै
फेरी एउटा जून उदाएको छ।

भत्किएर पुरिएको प्राचिन अवयवहरूलाई
प्रसव पिडामा जलिरहेको जीर्ण देहहरूलाई
अनि कठाङ्ग्रिएर बाँउडिएको मानसिकताहरूलाई
कोट्याएर बिउँताउन औँलाहरूको टुप्पोबाट
फेरी एउटा जून उदाएको छ।।

0 comments

Write Down Your Responses