Powered by Blogger.
एमालेले सम्मान गर्यो नख्खु जेलविद्रोहका सेल्टर दातालाई


मकवानपुर, २२ कात्तिक । नेकपा एमाले मकवानपुर क्षेत्र नम्मर २ ले नख्खु जेल विद्रोह गरेर भूमिगत हुन मकवानपुरको फाखेल आइपुगेका तत्कालिन नेतालाई सेल्टर दिने सेल्टरदातालाई सम्मान गरेको छ । 

क्षेत्रीय अधिवेशनको अवशर पारेर सम्मानित हुनेमा फाखेलका वयोवृद्ध सानुकान्छा बल र मानबहादुर लामा रहेका छन् । उनीहरुलाई एमाले केन्द्रीय सदस्य तथा नारायणी इन्चार्ज केदार न्यौपानेले कदर पत्र सहित सम्मान गरेका हुन् । 

को हुन् लामा द्धोय 

मानबहादुर लामा फाखेलका तत्कालिन प्रधानपञ्च हुन् । पञ्चायत कालमा गाँउको अगुवा रहेका उनले नख्खु जेलमा सुरुङ खनेर जंगलको बाटो हुँदै फाखेलमा शरण लिन आएका विरबहादुर लामा लगायतका कम्युनिष्ट नेताहरुलाई सेल्टरदिने र तत्कालिन प्रशासनबाट जोगाउन निक्कै ठूलो मद्दत गरेका थिए । 

त्यस्तै सानुकान्छा बल वीरबहादुर लामाका काका हुन् । उनले पनि पटक पटक पञ्चायत कालमै जेलनेल भागेका थिए । उनले पनि पार्टी नेताहरुलाई जोगाउन निक्कै ठूलो भूमिका निर्वाह गरेका थिए । 

निर्वाचनबाटै नेत्रृत्व चयन 



अहिलेसम्म सहमतिका साथ नेत्रृत्व चयन हुने गरेकोमा यसपटक क्षेत्रगत सदस्यहरु सहमतिका साग चयन भएपनि पदाधिकारीमा निर्वाचन भएको छ । निर्वाचनमा शानदार मतका साथ अध्यक्ष बिदुर हुमागाँई, उपाध्यक्ष जीवन लामा, सचिव बिमलप्रसाद ढकाल उपसचिव शिबराम थापा तथा सिङ्गो ३५ सदस्यीय कमिटी निर्वाचित भएको छ ।

हुमागाँई यसअघि पनि अधयक्ष थिए । ‘एकपटक हुमागाँइले नै कार्यकाल दोहो¥याउनुपर्छ र अन्य पदाधिकारीहरु मिलाएर सहमतिका साथ चयन गर्नुपर्छ’ भन्ने आम कार्यकर्ताको मत रहँदा रहँदै एउटा पक्षले अधिवेशन भन्दा धेरै अघि नै पदाधिकारीहरुमा आफ्नो प्यानलको नाम घोषणा गरेुर हिँड्यो । ति व्यत्तिलाई समर्थन गर्दै सबै आकाँक्षीले छोडिदिनुपर्ने तर्क केही नेताहरुले् राख्न थालेपछि हुन लागेको सहमति पनि भाँडिएर निर्वाचन मार्फत चयन गरिएको एक सहभागिले बताए ।


निर्वाचनमा यो पटक विजय हुन नसक्नुभएपनि अध्यक्षका प्रत्यासी राजुमान महर्जनले ५७, उपाध्यक्षका प्रत्यासी श्यामभक्त श्रेष्ठले ५७ ,सचिवका प्रत्यासी मनोज थापा सानुले ६१ र उपसचिवका प्रत्यासी राजप्रकाश भण्डारीले ५६ मत प्राप्त गरेका थिए ।  निर्वाचित भएपछि अध्यक्ष हुमागाइले सबैलाई समेटेर नेत्रृत्वले काम अघि बढाँउने प्रतिवद्धता जनाए । निर्वाचत भएका अध्यक्ष हुमागाँइले ८०, उपाध्यक्ष लामाले ८०, सचिव ढकालले ७७ र उपसचिव थापाले ७५ मत प्राप्त गरेका थिए ।

कुल एक सय ४६ प्रतिनिधी मध्ये एक सय ४२ मत खसेको थियो । अध्यक्ष मण्डलको अध्यक्ष रहेर सहज रुपमा अधिवेशन अघि बढाउन पूर्व जिल्ला कमिटी उपाध्यक्ष, सांसद तथा हालका जिल्ला सचिवालय सदस्य सुभाष ठकुरीले पहल गरेका थिए । अध्यक्ष मण्डलमा ठाकुरराम खड्का, रामचन्द्र बल, हिदम लामा,पार्वती राना लगायत थिए । निर्वाचन कमिटीको प्रमुख भएर महेश्वर सुबेदीले काम गरेका थिए ।  

सदस्यमा को को ?

३५ सदस्यीय क्षेत्रीय कमिटीमा हरिमाया लामा, धनवीर स्याङ्तान, चिरन्जीबी पौडेल, प्रतापसिंह लामा, झम्कलाल बलामी, हरि मगर, बीरमान स्याङतान, सानुकाजी गोपाली, काशीराम बज्यू, रत्नमान गोपाली लगायत छन् ।


यस्तै साबित्री ढकाल, सगुनकुमार ढकाल, चेतरत्न लामा, शान्ताराम थापा, कृष्ण ढुङ्गाना, मानबहादुर स्याङ्तान, विष्णु लामा, वीरबहादुर रुम्बा, रामबहादुर सिँञ्जाली, सुर्य भुजेल, सिता लामा, आश्विन विक, तारादेवी लामा, अशेष दंगाल, विष्णुमाया गोले, अशोक खाती, नानीमाया देउला राजन पुडासैनी, ऋषीराज पुडासैनी छन् ।
  
भव्य उद्घाटन

विविध कारण पटक पिटक मिति तोक्दै सर्दै गरेर निवुवाटारमा भएको अधिवेशनको भव्य उद्घाटन समारोह भएको थियो । अधिवेशको एमाले केन्द्रीय सदस्य तथा नारायाणी इन्चार्ज केदार न्यौपानेले उद्घाटन गरेका थिए।


कार्यक्रमको विशेष अतिथि केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज विरोध खतिवडा थिए । उद्घाटन समारोहमा जिल्ला संयोजक रामचन्द्र दनुवार राई, पूर्व अध्यक्ष रामेश्वर राना, सचिवालय सदस्य तथा सांसद सुभाष ठकुरी, रघु खुलाल, मुनु सिग्देल जिल्ला सदस्य रामचन्द्र बल लगायत सहभागी थिए ।





तस्बिर सौजन्यः ईश्वर ढुङ्गाना

0 comments

Write Down Your Responses