Powered by Blogger.
पालुङमा आलु बोकेको गाडी २ सय मिटर तल खस्यो


पालुङ, २१ कात्तिक । थाहा नगरपालिका वडा नम्मर ५ स्थित टुटेपानीमा गाडी दुर्घटना भएको छ । शुक्रबार देउरालीबाट बा ३ ख ५५८९ नम्मरको मिनी ट्रक थाहा नगरपालिका ४ पालुङ तर्फ आउँदै गरेको बेला अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

१३० बोरा आलु बोकेको मिनी ट्रक टुटेपानी भन्ने ठाउँ बाट २०० मिटर तल झरेर दुर्घटना भएको हो । सो गाडीका चालक धादीङ जीवनपुरका २७ वर्षीय जयराम खनाल र सहचालक सोही स्थानकै रुकेश श्रेष्ठ गम्भिर घाइते भएका छन् । गाडी पूर्ण रुपमा क्षती भएको छ । घाइतेको उपचारको लागि काठमाडौँ लगिएको छ ।

–रुपक कालिराज



0 comments

Write Down Your Responses