Powered by Blogger.
मकवानपुर आइडलको दोस्रो छनोटमा १६ छानिए


बज्रबाराही । मकवानपुर जिल्ला स्तरीय एकल गायन प्रतियोगिता ‘मकवनपुर आइडल’ २०७३ अन्र्तगत हुने प्रतियोगिताका लागि थाहा नगरपालिकाको दोस्रो छनोट प्रतियोगिता सम्पन्न भएको छ । थाहा कला केन्द्रद्धारा आयोजित प्रतियोगिता अन्तर्गत आशिष नेगी, दिपराज केसी, शुसाल थोकर, आयुष गोपाली, सुजन कार्की, सुरज कार्की, अजय विष्ट, सपना गोपाली छानिएका छन् । 

त्यस्तै सरोज प्रधान, मनोज श्रेष्ठ, रोसन तामाङ, सुर्य स्याङ्तान, विनिता घिमिरे, विनिता गोपाली, विनोद ब्लोन र सुजता थापा गरी १६ जना छानिएका छन् । सो अडिसनबाट छनोट भएकाहरुले पियानो राउण्डमा गाउन पाउने छन । प्रतियोगितामा संगीतकार, गायक तथा रचनाकार सुनिल केसी र गायक सुमन खातीले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो । 

अडिसनमा मकवानपुर आइर्डलका प्रचार प्रसार संयोजक रुपक कालीराजले विजेताहरुलाई सफलताको शुभकामना सँगै तयारी अवस्थामा रहनको लागि अनुरोध समेत गर्नु भएको छ । यस आडिसन यता थाहा नगरपालिका वज्रवाराही उच्च माविमा भएको अडिसनबाट ८ जना र आग्राको डाँडावासमा भएको अडिसनबाट ५ जना छानिएका छन् । हेटौंडाको लागि मंसिर १० गते हुने कला केन्द्रका अध्यक्ष तथा मकवानपुर आइडलका संयोजक सानोवावु मोत्तानले बताउनु भयो । 

थाहा कला केन्द्रका सदस्य अनित विष्टले संञ्चालन गर्नु भएको कार्यक्रममा केन्द्रका कलाकारहरुले समेत नृत्य समेत प्रस्तुत गरेका थिए । ‘मकवानपुर आईडल’ मकवानपुुको पालुङमा हुने फाइनल अडिसनमा प्रथम हुनेललाई ६० हजार पुरस्कार र एल्वममा गीत गाउन दिइने छ । द्धितिय र तृतिय हुनेलाई क्रमश ३० हजार र २० हजार प्रदान गर्ने जनाएको छ । 

कार्यक्रममा एकिकृत माओवादीका जिल्ला सदस्य विष्णु विष्ट, आषिश चर्चका पास्टर सुवास गोपाली, पीस नेपालका सचिव सुर्य स्याङतान लगायतको उपस्थित रहेको थियो ।– रुपक कालिराज, थाहानगर



0 comments

Write Down Your Responses