Powered by Blogger.
हेटौंडामा विद्युतीय पुस्तकालयको उद्घाटन


हेटौँडा, २० कात्तिक । हेटौँडाको चिल्डे«न पार्कमा शुभ दिपावाली तथा छठ पर्व २०७२ को अवसरमा  शुभकामना आदानप्रदान कार्यक्रम तथा विद्युतीय पुस्तकालयको उद्घाटन सम्पन्न भएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै राजयोग सेवा केन्द्रका ब्रह्मकुमार विजयराज सिग्देलले  ‘इ लाइब्रेरी’मा सम्पुर्ण साना वालवालीका तथा युवाहरुले पढ्न पाउने बताउनभयो । उक्त पुस्तकालयमा कक्षा १ देखी ६ सम्मका किताव तथा लेखा विषयका किताब अध्यन गर्न पाइने छ ।

 प्रमुख अतिथी मकवानपुरषेत्र नम्मर ३ का सांसद अनन्त पौडेलले सामाजिक क्षेत्रमा रहेको संस्थालाई सबै एक भएर सहयोग गर्नु पर्ने बताउनु भयो । सामाजिक कार्यको लागि आफुले सक्दो सहयोग गर्ने उनको प्रतिवद्धता थियो । ब्रहमाकुमारी राजयोग सेवा केन्द्र हेटौडाको प्रमुख आयोजना तथा हेटोडाका सम्पुर्ण लायन्स क्लवको सह आयोजनामा भएको कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि, राजयोग सेवा केन्द्रका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

कार्यक्रम ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका मुख्य  सञ्चालिका ब्रम्ह्माकुमारी शुसिला दिदिको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा  भरतपुर तालिम केन्द्रका एसएसपी रमेस खरेल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया ,जिल्ला विकास समितिका लक्ष्मणविक्रम थापा लगायत ले मन्तव्य व्यक्त गर्नु भएको थियो ।



0 comments

Write Down Your Responses