Powered by Blogger.
थाहा नगरका युवा मन्दीर सरसफाइमा जुटे


थाहा नगर । हिन्दुहरुको महान पर्व तिहार तथा छठको अवसरमा मकवानपुरको थाहा नगरपालिका वडा नम्मर ४ मा रहेको पाथिभरा मन्दिरमा सरसफाई गरिएको छ । 

पाथिभरा यूवा क्लवको अगुवाईमा गरिएको सरसफाइको क्रममा मन्दिर परिसर सरसफाई तथा रङरोगन गरिएको क्लवका अध्यक्ष हरिराम कार्कीले जानकरी दिनु भयो । 

नेपालीहरुको महान वर्ष तिहार आउनै लाग्दा सरसफाई गरिएको हो ।  सो क्षेत्रमा लक्ष्मीश्वर मन्दिर भएकोले त्यस क्षेत्रमा लक्ष्मी पुजाको दिन जल तथा फलफुल चढाए पश्चात घरमा लक्ष्मीको पुजा गरिने चलन छ । सरसफाई तथा रङरोगन कार्यले आसपासका मन्दिर पनि सफा गर्न स्थानीयलाई प्रेरणा मिलेको बताइएको छ ।

  सो सरसरफाई कार्यक्रममा क्लवका सदस्य तथा स्थानीय समाजसेवी लगायतको उल्लेखनीय उपस्थित रहेको थियो । 



2 comments

Write Down Your Responses