Powered by Blogger.
पालुङमा तिहार विशेष साँस्कृतिक कार्यक्रममा सबै रमाए


पालुङ, २४ कात्तिक । मकवानपुरको थाहा नगरपालिका स्थित फाँट बजारमा तिहार विषेश बृहत संस्कृतिक  कार्यक्रम सम्पन्न भएको छ । 

थाहा कला केन्द्रका अध्यक्ष सानोवावु मोक्तानको सभाध्यक्षता तथा पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक राजराम कार्कीको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अथिति कार्कीले कला केन्द्रले स्थानीय स्तर देखि देशविदेश सम्म प्रतिभाहरुलाई परिचय गराउने काम गरेको बताए ।

 उनले केन्द्रले सबैलाई शोभा दिने गहनाको रुपमा काम गरेकाले सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । तिहार विषेश कार्यक्रम कुनै हालतमा पनि नराम्रो नभई यसले कला संस्कृतिलाई जोगाउनको निम्ति सहयोग पुग्ने उहाँको भनाई थियो । 

केन्द्रले शुभ दिपावलीको शुभ अवसर पारेर आयोजना गरेको कार्यक्रममा कला केन्द्रका कलाकारहरुले गीत ,नृत्य तथा नाटक प्रस्तुत गरेका थिए । सो कार्यक्रममा दर्शकहरु विभिन्न गीतहरुबाट रमाएका थिए । 

कला केन्द्रले तिहार विषेश बृहत संस्कृतिक  कार्यक्रम थाहा नगरपालिकाको विभिन्न ठाउँमा गर्ने भएको छ । सो कार्यक्रममा नेपाली काँग्रेसका ज्ञानराज कार्की ,नेकपा एमालेका अर्जून कार्की, एकिकृत माओवादीका नवराज विष्ट, मत्स्यानाराण माविका प्राध्यनाध्यापक विष्णुहरि ढकाल, हिमचुली सामुदायिक वनका सचिव श्याम तामाङ लगायतको उपस्थिती  रहेको थियो ।



0 comments

Write Down Your Responses