Powered by Blogger.
बज्रबाराहीमा भव्य भयो तिहार विशेष साँस्कृतिक कार्यक्रम


बज्रबाराही, २६ कात्तिक । मकवानपुरको थाहा नगरपालिका स्थित बज्रबाराहीको सरस्वतीबजारमा  तिहार विषेश बृहत संस्कृतिक  कार्यक्रम  भव्य रुपमा सम्पन्न भएको छ । बुधबार लक्ष्मीपुजाको दिन भएको कार्यक्रममा अघिल्ला कार्यक्रममा भन्दा वृहत जनताको उपस्थिति रहेको थियो । 

थाहा कला केन्द्रको पहलमा मकवानपुर आइडल प्रतियोगिता थप व्यवस्थित पार्ने र कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताइन्छ ।  कला केन्द्रले स्थानीय स्तर देखि देशविदेश सम्म प्रतिभाहरुलाई परिचय गराउने काम गरेकाले सास्कृतिक कार्यक्रम सह्रानीय रहेको स्षनीय वाशीले बताएका छन् ।

केन्द्रले सबैलाई शोभा दिने गहनाको रुपमा काम गरेकाले सबैले सहयोग गर्नु पर्ने उनीहरुले बताए । तिहार विषेश कार्यक्रमले कला संस्कृतिलाई जोगाउनको निम्ति सहयोग पुग्ने केन्द्रका अध्यक्ष सानेबाबु मोक्तानले बताए । 

केन्द्रले शुभ दिपावलीको शुभ अवसर पारेर आयोजना गरेको कार्यक्रममा कला केन्द्रका कलाकारहरुले गीत ,नृत्य तथा नाटक प्रस्तुत गरेका थिए । सो कार्यक्रममा दर्शकहरु विभिन्न गीतहरुबाट रमाएका थिए । 

कला केन्द्रले तिहार विषेश बृहत संस्कृतिक  कार्यक्रम थाहा नगरपालिकाको फाँटबजार र शिखरकोटमा यसअघि नै गरिसकेको छ ।






0 comments

Write Down Your Responses