Powered by Blogger.
बज्रबाराहीको नाइन स्टार क्लवले चुम्यो क्षेत्रीय भलिबलको उपाधी


पालुङ, ३० कात्तिक । मकवानपुरको थाहा नगरपालिका वडा नम्मर ७ मा रहेको बागेश्वरी युवा क्लवको आयोजनामा भएको उत्तरी क्षेत्र स्तरीय भलिवल प्रतियोगिताको कपको उपाधि नाईन स्टार युवा क्लव बज्रवाराहीले उचालेको छ ।

नेपालीहरुको महान पर्व तिहारकोे उपलक्ष्यमा सञ्चालन गरिएको प्रतियोगिताको उपाधि उचाल्दै नाईन स्टार युवा क्लव बज्रवाराहीले  नगद १० हजार रुपिँया , शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

यस्तै आग्रा गाविसका फुफुमेन्दो आग्राले उप विजेतामा चित्त वुझाउनु परेको छ । आग्राले नगद ५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै आयोजक बागेश्वरी युवा क्लव डाडागाँउले तेस्रो स्थान ओगट्दै नगद ३ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

दामनको कुण्डलदेवी एभरेष्ट युवा क्लवले सान्त्वना स्थान हासिल गर्न सफल भएको छ । खेल अवधीभर अनुशासन तथा उत्कृष्ठ प्रस्तुतिको आधारमा फुफुमेन्दो आग्राका राजराम स्याङतान र नाइन स्टारका बलराम सुवेदी उत्कृष्ठ खेलाडी घोषित भएका छन् ।

१२ टिमको सहभागिता रहेको खेलमा थाहा नगरपालिकाको विभिन्न वडा तथा आग्रा, मार्खु लगायतका विभिन्न स्थानबाट  सहभागिता रहेको क्लवका अध्यक्ष सुमन विष्टले जानकारी दिनुभयो । 
विकासको लागि खेलकुद भन्ने मुल नाराको साथ सञ्चालन भएको प्रतियोगिता खेलकुद विकास समिति थाहा नगरपालिका सचिव हरिकृण कार्कीको प्रमुख आथित्यतामा भएको हो । 
कार्कीले खेलले सिर्जनात्मक, अनुशासन, शारिरिक देखि मानसिक सम्म विकास गर्नको लागि सहयोग पुर्याउनुको साथ विकृति विसंगतिबाट टाढा राख्नको लागि मद्दत पुग्ने भएकोले खेलको मह्त्व रहेको बताउनु भयो । 
कार्कीले यस्ता प्रतियोगिताका लागि आफूले सक्दो सहयोग गर्नुको साथै खेलकुद विकास समिति थाहा नगरपालिकाले  पनि प्रतियोगिताहरुमा सक्दो  सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 

त्यस्तै खेलकुद विकास समिति थाहानगरपालिकाका सदस्य तथा जनकल्याणका उच्च माविका प्राचार्य सानोभाई कार्कीले धेरै युवाहरु कुलत तर्फ लागि रहेको अवस्थालाई टाढा राख्नको लागि समेत सहयोग पुग्ने भएकोले नगरपालिकाले खेलकुदको क्षेत्रलाई बजेट छुट्याउनु पर्ने बताउनुभयो ।

क्लवका अध्यक्ष सुमन विष्टको अध्यक्षतामा भएको प्रतियोयोगितामा विभिन्न पार्टीमा आवद्ध प्रतिनिधि, खेलकुदपे्रमी लगायतको उपस्थित रहेको थियो ।– रुपक कालिराज





0 comments

Write Down Your Responses