Powered by Blogger.
पालुङमा जेसीज सप्ताह सुरु, भव्य कार्यक्रम हुँदै



पालुङ, १० मंसिर । पालुङ जेसिस वर्ष २०१५ जेसिस सप्ताह व्यापी कार्यक्रम आजबाट शुरु भएको छ । प्रत्येक वर्ष गरिँदै आएको सप्ताहव्यापी कार्यक्रम बिहिबारबाट यसवर्ष पनि विविध कार्यक्रम गरी मनाउन थालिएको छ  । 

पालुङ जेसिस वर्ष २०१५ का अध्यक्ष जर्म श्रेष्ठको अध्यक्षता तथा मकवानपुर उद्योग वाणिज्य संघ उत्तरी क्षेत्र समितिका सभापति कविराज खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रको उद्घाटन गरिएको हो । 

देशको अवस्थलाई मध्यनजर गर्दै ३ दिनमा सात कार्यक्रम सञ्चालन गर्ने गरि समय अवधि कम पारिएको महासचिव विजयश्याम अमात्यले जानकारी दिनु भयो । 

कार्यक्रमको उद्घाटन पश्चात आज पहिलो दिन थाहा नगरपालिकामा हालै आउनु भएका नयाँ कार्यालय प्रमुखहरुलाई स्वागत तथा भरत रत्न जेहेन्दार छात्रवृति प्रदान गरेको छ । 

निर्धन उत्थान वैँक लिमिटेडका शाखा प्रमुख बद्री अधिकारी, यती डेभलपमेन्ट शाखा प्रवन्धक संगीता वज्रचार्य, कृषि विकास वैक लिमिडेटका विनोद रेग्मी, नेपाल वैँक लिमिडेटका टमिककुमार दाहाल, इलाका प्रहरी कार्यलय इन्चार्ज बिरेन्द्र पनेरुलाई स्वागत गरिएको थियो ।  यस्तै थाहा नगरपालिकाको जनकल्याण उच्च मावि, झम्केश्वारी मावि, मत्स्यनाराण माविका ३–३ जना गरि ९ जनालाई छात्रवृति वितरण गरिएको थियो । सो छात्रवृति वर्ष २००८ का अध्यक्ष भरत गोपलीको प्रायोजनमा वितरण हो ।

यसैबीच आज नै थाहा नगरपालिकाको झम्केश्वरी माविमा अन्तर मावि स्तरीय हाजिर जवाफ प्रतियोगिता समेत भएको छ । झम्केश्वारी माविका प्रध्यानाध्यपक उद्धवप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा ९ विद्यालयको सहभागिता रहेको थियो । 
कार्यक्रम संयोजक ईश्वर ढुङगानाको निर्णायकत्मा भएको हाजिर जवाफ प्रतियोगितामा झम्केश्वरी मावि प्रथम ,बज्रवाराही उच्च मावि द्धितिय र सुनौला मावि तृतिय भएका थिए । 
आज भएको उद्धघाटन तथा स्वागत कार्यक्रम आरती श्रेष्ठको संयोजकत्व र हाजिरी जवाफ प्रतियोगिता र छात्र वृद्धि वितराण इश्वर ढुङगानाको संयोजकत्वमा भएको थियो । 

प्रथम द्धितिय र तृतिय हुने विद्यालयलाई १२ गते समापन कार्यक्रम गरी पुरस्कार वितरण गर्ने जनाइएको छ । त्यसैगरि  भोलि ११ गते शुक्रवार बिहान ७ः३० वजे स्लो वाइक रेस, दिउसो १ वजे खुल्ला धर्मलाल एकल गायन प्रतियोगिता जेसिस सभाहलमा हुने भएको छ । 

यसैगरी १२ गते शनिवार बिहान कार्यलय प्रमुख र जेसिसबीच मैत्रीपुर्ण भलिवल प्रतियोगिता र दिउसो १ः३० वजे खुल्ला गोपी कृष्ण एकल नृत्य प्रतियोगिता जेसिस सभाहलमा हुने र दिउसो २ बजे जेसिस सभाहलमा विजेताहरुलाई पुरस्कार वितरण गरि सप्ताहव्यपी कार्यक्रम समापन गरिने बताइएको छ ।

उद्घाटन कार्यक्रममा संघ संस्थाको तर्फबाट हरिकृण कार्की, जेसिस पूर्व अध्यक्षको तर्फबाट सुरेन्द्रमान प्रधान र सानोभाई कार्की, राजनितिक दलको तर्फबाट राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष लक्ष्मण विष्ट, कार्यलय प्रमुखको तर्फबाट विनोद रेग्मी, पालुङ जेसिसको संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, जेसिस संस्थापक भुमिराज अवस्थि लगायतले साप्ताहव्यापी कार्यक्रम सफलताका लागि शुभकामना व्यक्त गर्नु भएको थियो । 

कार्यक्रम महासचिव विजयश्याम अमात्यले सञ्चालन गर्नु भएको थियो भने  वर्ष २०१५ का जेसिस अध्यक्ष जर्म श्रेष्ठले स्वागत गर्नु भएको थियो ।  यस्तै मुल कार्यक्रम संयोजक मनोज लामिछानेले सबैलाई धन्यवाद दिनु भएको थियो । 


0 comments

Write Down Your Responses