Powered by Blogger.
थाहा नगरपालिकामा जनचेतनामूलक र्याली


पालुङ, ८ मंसिर । सम्वाद किशोर किशोरी एनिमेटर सञ्जाल, थाहा नगरपालिका, चेतनाशिल महिला वचत तथा ऋण शहकारी संस्था, लाली गुराँस महिला बहुउद्देश्य शहकारी संस्था लिमिडेडको संयूक्त आयोजना तथा स्ट्रोम फाउण्डेसन, सामुदायिक विकास केन्द्र र सम्वाद परियोजनाको सहकार्यमा सचेतना ¥याली निकालिएको छ । 

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसरमा पारेर थाहा नगरपालिकाको ओखर बजारको चोकबाट मंगलबार  निकालिएको र्याली थाना बजार, दोबाटो हुँदै शिखरकोट पुगेर समापन भएको थियो । यसै क्रममा १६ दिने लैङ्गिक हिंसाविरुद्ध अन्तरकृया कार्यक्रम पनि भएको छ । 

नेपाली काग्रेस २ नम्वर क्षेत्रीय सभापति इश्वरनाथ पौडेलको प्रमुख आथित्यता तथा चेतनाशिल महिला बहुउद्देश्य शहकारी संस्थाका अध्यक्ष गिता कार्कीको सभाध्यक्षतामा अन्तरकृया भएको हो । महिला हिँसा अन्त्य गरौँ, सभ्य समाज निमार्ण गरौँ भन्ने नाराको साथ आयोजना गरिएको ¥याली तथा अन्तरकृया कार्यक्रममा सामुदायिक विकास केन्द्रले संञ्चालन गर्दै आएको किशोर किशोरी सम्वाद केन्द्रका किशोर किशोरीहरु र महिला शहकारी संस्थाका अध्यक्ष, शेयर सदस्य तथा सम्वाद केन्द्रका संयोजकहरुको सहभागिता रहेको संम्वाद केन्द्रका सुपर भाइजर रुपा सुनारले बताउनु भयो ।

सामाजिक क्षेत्रमा बिभिन्न सामाजिक कार्यहरु तथा महिलाहरुको क्षेत्रमा काम गर्दै अएको चेतनाशिल महिला बहुउद्देश्य शहकारी संस्थाका अध्यक्ष गिता कार्कीले महिला हिंसा तथा मानव बेचवबखनका बारेमा सबैलाई प्रस्ट पार्नु भएको थियो । –रुपक कालिराज, पालुङ


0 comments

Write Down Your Responses