Powered by Blogger.
मंसिर १५ मा थाहामा पिपुल्स पार्टीको चियापान


पालुङ, १० मंसिर । नेपाल पिपुल्स पार्टी केन्द्रीय कार्य समितिले यहि मंसिर १५ गते थाहा नगरपालिकाको जेसिज भवनमा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । 

सो चियापान कार्यक्रममा संविधानविद् डा.भिमार्जुन आचार्य र नेपाल पिपुल्स पार्टीका केन्द्रीय अध्यक्ष दिनेश खनालको आतिथ्यता रहने नेपाल पिपुल्स पार्टी थाहा नगरपालिका  कार्य समितिका अध्यक्ष राजेश वलले बताउनु भयो । 

चियापानमा नेपालको सम्पूर्ण कानुनी प्रक्रियाहरु पुरा गरी नेपाल पिपुल्स पार्टी अस्तित्वमा आएको कुरा जानकारी गराउनुको साथै पार्टीको प्रमुख एजेन्डा विकासवाद भएको र त्यसका विविध पक्षहरुहरुको बारेमा जनाकारी गराइने बताएको छ । 

सो अवसरमा स्थानीय कलाकारहरुद्वारा गायन तथा नृत्य समेत प्रस्तुत गरिने थाहा नगरपालिका कार्य समितिका सचिव आयूष बिकले  बताउनु भएको छ । 

0 comments

Write Down Your Responses