Powered by Blogger.
थाहा नगर कमिटीले गर्यो भव्य चियापान


पालुङ, १ मंसिर ।  नेकपा(एमाले) थाहा नगर कमिटीले दिपावली, नेपाल सम्वत लगायतका चाडपर्वको अवशरमा सुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । 

तेस्रो क्षेत्रीय अधिवेशनबाट निर्वाचित नेत्रृत्वलाई वधाई ज्ञापन गर्न समेत आयोजना भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा नारायणी सह इन्चार्ज विरोध खतिवडाले प्रमुख आतिथ्यता गर्नुभएको थियो ।

कार्यक्रममा पूर्व राष्ट्रिय प्रतिनिधी परिषद सदस्य महेश्वर सुबेदी,  जिल्ला सचिवालय सदस्य मुनु सिग्देल, क्षेत्रीय इन्चार्ज  तथा जिलला सचिवलय सदस्य विष्णु ढकाल, बद्री लम्साल, सांसद सुभाष ठकुरी, रामचन्द्र बल, राजु नापित, इश्वर ढुङ्गाना लगायतको उपस्थिति थियो । 

नगर कमिटीका अध्यक्ष अच्यूतमप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय कमिटीका नव निर्वाचीत अध्यक्ष विदुर हुमागाँइ, उपाध्यक्ष जीवन लामा, सचिव बिमल ढकाल लगायत क्षेत्रीय कमिटीका सबै सदस्यहरुको सहभागिता थियो । 

निर्वाचित नेत्रृत्वलाई प्रमुख अतिथि खतिवडाले खादा ओढाएर बधाई दिनुभएको थियो । कार्यक्रमको सञ्चालन नगर कमिटी सदस्य ज्ञानेश्वर ढकालले गरेका थिए । केही दिन अघि भएको क्षेत्रीय अधिवेशनले अध्यक्षमा हुमागाई, उपाध्यक्षमा लामा सचिवमा ढकाल रउप सचिवमा शिवराम थापालाई निर्वाचित गरेको थियो । त्यस्तै सदस्यहरुमा हरिमाया लामा, धनवीर स्याङ्तान, चिरन्जीबी पौडेल, प्रतापसिंह लामा, झम्कलाल बलामी, हरि मगर, बीरमान स्याङतान, सानुकाजी गोपाली, काशीराम बज्यू, रत्नमान गोपाली चयन भएका थिए । 

यसैगरी साबित्री ढकाल, सगुनकुमार ढकाल, चेतरत्न लामा, शान्ताराम थापा, कृष्ण ढुङ्गाना, मानबहादुर स्याङ्तान, विष्णु लामा, वीरबहादुर रुम्बा, रामबहादुर सिँञ्जाली, सुर्य भुजेल, सिता लामा, आश्विन विक, तारादेवी लामा, अशेष दंगाल, विष्णुमाया गोले, अशोक खाती, नानीमाया देउला राजन पुडासैनी, ऋषीराज पुडासैनी  चयन भएका थिए । 

चियापानमा विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु तथा सामाजिक संस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो । स्थानीय नेवारी बाजा तथा सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो । 

  

0 comments

Write Down Your Responses