Powered by Blogger.
जेसीज सप्ताहको स्लो बाइक रेस सम्पन्न


पालुङ। ११ मंसिर । पालुंङ जेसीजबाट प्रत्येक वर्ष गर्दै आइरहेको जेसीज सप्ताहको आज दोश्रो दिनको पहिलो कार्यक्रम अन्तरगत स्लो बाइक रेस प्रतियोगिता सम्पन्न गरेको छ । 

अघिपछि कति छिटो बाइक कुदाउने भनेर होडबाजी गर्ने युवाहरु शुक्रबार भने सबैभन्दा ढिलो बाइक चलाउन थाहा नगरको सडकमा प्रतिस्पर्धा गरिरहेका थिए । आफ्ना प्रतिस्पर्धी साथीले भन्दा बढी समय लगाएर निर्धारित दुरी पार गर्न युवाहरु लालायित देखिएका थिए । 

छिटो गए भन्न सकिन्न, ढिलो गए अवश्य पुगिन्छ भन्ने सवारी सन्देशलाई चरितार्थ गर्ने प्रयाशका साथ पालुंग जेसीजले सन २०१० देखि स्लो बाइक रेस प्रतियोगिता सञ्चालन गर्दै आइरहेको जेसीज सप्ताहका कानुनी सल्लाहकार भुमीराज अवस्थीले बताउनु भयो । 

थाहा नगरको सडकमा तीब्र गतिमा बाइक हाँकिरहेको देखिने युवाहरु उही सडकमा ढिलो गतिमा बाइक चलाइरहेका देख्दा उपस्थित दर्शकहरु खुसी भएका थिए ।  सवारी दूर्घटना न्यूनिकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पालुङ जेसीजले राखेको ढिलो बाइक चलाउने प्रतियोगितामा १७ युवाले भाग लिए । 

७५ मिटर दुरीमा निर्धारित गरिएको निश्चित घेरामा बाइक चलाएर सबै भन्दा ढिलो गन्तव्यमा पुग्नेलाई विजेता घोषणा गरिएको छ । शुक्रवार भएको प्रतियोगितामा टिष्टुङ–२ देउरालीका सिमोन तामाङले निर्धारित ७५ मिटरको दूरी २ मिनेट ४७ सेकेण्ड पार लगाई प्रथम भएका छन् ।
विजयीलाई जेसीजले शिल्ड, प्रमाण पत्र तथा मेडल सहित मंसीर १२ गते हुने जेसीज सप्ताहको समापनमा पुरस्कृत गरिने कार्यक्रम संयोजक राजन लामिछाने बताउनु भयो ।

छिटो गतिमा बाइक चलाउँदा वर्षेनी धेरै युवाहरुले ज्यान गुमाएका कारण त्यस प्रति सचेत पार्न स्लो बाइकर रेस प्रतियोगितालाई निरन्तरता दिदै आएको पालुङ  जेसीजका अध्यक्ष जर्म श्रेष्ठले बताउनु भयो । 

प्रतियोगिता थाहा नगरपालिका वडा नम्मर १ ओखरबजारमा भएको थियो । यसै गरी सन् २०१२ देखि पालुङ जेसीज वर्ष २०१२ का अध्यक्ष धर्मलाल प्रधानद्वारा प्रायोजन गर्दै आएको धर्मलाल एकल गायन प्रतियोगिता आजै जेसीज सभाहल इन्द्रायणी चौरमा सम्पन्न भएको छ । 

प्रायोजक धर्मलाल प्रधानले सान्नानीको गालैमा कालो कोठी गीत प्रस्तुती गरी उद्घाटन गरिरहँदा हल भरीका दर्शकहरुको जोडदार तालीबाट साथ दिएका थिए । मकवानपुर उत्तरी क्षेत्रका १८ प्रतिभाहरु सहभागी भएको प्रतियोगितामा नव क्षितिज कला केन्द्रका निर्देशक विजयश्याम अमात्य, गायक परमेश्वर गजमेर तथा गायिका शोभिता गोपालीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । 

प्रतियोगितामा रोसन तामाङ प्रथम, सुर्य स्याङतान द्धितीय र विनिता गोपाली तृतीय र दिपक कालिराज सान्तवना भएका थिए । विजयीहरुलाई समापनको दिनमा शिल्ड तथा प्रमाण प्रत्रबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ । जेसीज सप्ताहको अन्तिम दिन भोली इन्द्रायणी चौरमा विहान ११ बजे कार्यालय प्रमुख तथा जेसीज सदस्यबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता र विहान ११ बजे नै  खुल्ला गोपीकृष्ण एकल नृत्य प्रतियोगिता जेसीज सभा हल इन्द्रायणी चौरमा हुने मूल कार्यक्रम संयोजक मनोज लामिछानेले बताउनु भयो ।–रुपक कालिराज,पालुङ


0 comments

Write Down Your Responses