Powered by Blogger.
पालुङ साहित्य परिषदले गर्यो कविता वाचन प्रतियोगिता


पालुङ, ११ मंसिर । थाहा नगरपालिकाको विकास हलमा आज अन्तर विद्यालय कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । 

‘मौलिक कला र संस्कृति हाम्रो शान, साहित्यको विकासमा हाम्रो अभियान’ भन्ने मुल नाराको साथ सञ्चालन गरिएको प्रतियोगितामा उत्तरी मकवानपुरको थाहा नगरपालिकाका विभिन्न विद्यालय गरि १४ जनाले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

जनता प्राविका प्रध्यानाध्यापक राजकुमार केसी , पालुङ साहित्य परिषदका अध्यक्ष बिर्खे अन्जान र नवराज वर्तौलाको निर्णायकत्वमा भएको प्रतियोगितामा हिमालयन इङ्लिस बोर्डिङ स्कुलका हर्षित थापा प्रथम भएका छन् । त्यसै गरी मत्स्यनाराण माविका रोशन थापा द्धितिय र जनकल्याण उच्च माविका छात्रा सफलता नेपाली तृतिय भएका छन । 

प्रथम द्धितिय र तृतिय हुनेहरुलाई साहित्यक पुस्तक तथा प्रमाण प्रत्र प्रदान गरिएको थियो । पालुङ साहित्य परिषदको आयोजनामा भएको कविता प्रतियोगितामा थाहा नगरपालिकाका प्रशासनिक शाखा प्रमुख अनिल लामिछानेको प्रमुख आथित्यता रहेको थियो ।

पालुङ साहित्य परिषदका अध्यक्ष बिर्खे अन्जान लक्ष्मण बर्तौैला’को सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रम थाहा कला केन्द्रका सदस्य विना तामाङले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा रेडियो पालुङका पत्रकार तथा मकवानपुर आइडलका प्रचार प्रसार संयोजक रुपक कालिराजले साहित्यमा लुकेका प्रतिभाहरुलाई उजागर गर्नको लागि सो कार्यक्रम गरेकोमा आयोजकलाई धन्यावाद र आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु गर्दै जानको लागि शुभकामना समेत दिनु भएको थियो । 

कार्यक्रममा थाहा कला केन्द्रका अध्यक्ष तथा मकवानपुर आइडलका संयोजक सानुवावु मोत्तान, रेडियो आवाजका मुकेश गोले, तामाङ जागरण समाजका कोषध्यक्ष पुर्णबहादुर पाख्रिन लगायको उपस्थिति रहेको थियो ।



0 comments

Write Down Your Responses