Powered by Blogger.
झम्केश्वरीमा प्रावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता


पालुङ, ११ मंसिर । ६२ औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा मकवानपुरको थाहा नगर पालिकामा प्राबि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ छ । 

झम्केश्वरी माबिको आयोजना, होस्टे हैसे समुहको प्राबिधिक सहयोग तथा प्लान नेपाल मकवानपुरको आर्थिक सहयोगमा भएको प्रतियोगितामा थाहा नगरपालिकाको पालुङमा रहेको ३ विद्यालयका गरी ३–३ जना बाल बालिकाहरुको सहभागिता रहेको थियो । 

सो प्रतियोगितामा झम्केश्वरी माविका सुजन अमात्य, सविता लामिछाने र अनिसा कार्की  प्रथम, पन्चकन्या प्राविका सुरज गोपाली, अनिस थोकर र निशान्त थोकर द्धितीय, कालिका प्राविका मनिषा थोकर, सामदेव गोले र हिमाल बलामी तृतीय भएका छन् । 

प्रथम, द्धितिय र तृतीय हुने विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो । कार्यक्रममा झम्केश्वरी माविका शिक्षक धु्र्रब बिष्ट, जेसीज सप्ताहका कानुनी सल्लाहकार भुमीराज अवस्थी, शिक्षक राजेन्द्र ढकाल लगायतको उपस्थित रहेको थियो ।

0 comments

Write Down Your Responses