Powered by Blogger.
नाटेश्वरी माविमा एक दिवसीय शैक्षिक प्रदर्शनी


चित्लाङ, ११ मंसिर ।  मकवानपुरको चित्लाङ गाविसमा एक दिवसीय शैक्षिक प्रदर्शनी मेला सम्पन्न भएको छ । 
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर गरिएको प्रदर्शनी मेलामा सुरक्षित वैदेशिक रोजगार सुरक्षित स्थानान्तरण, रोजगार मुलक परामर्श , मानव वेचविखन तथा ओसारपसार सम्वन्धी सुचना दिने पोष्टर पम्प्लेट, विभिन्न जनचेतनामुलक पोस्टरहरु प्रदर्शनी गरिएको थियो । 

नाट्टेश्वारी माविको आयोजना, ग्रामिण महिला स्वावलम्वन संस्था मकवानपुरको सहयोग र जुनियर रेडक्रस सोसाइटी र सृजनशिल वाल क्वल नाट्यश्वरीको सम्मन्वयमा सो प्रर्दशनी भएको हो । प्रर्दशनीमा ग्रामिण महिला स्वावलम्वन संस्थाका कार्यक्रम सुपरिवेक्षक कुमार रुम्बा र सामाजिक परिचालक विवेक पाख्रिनले शहजीकरण गर्नु भएको थियो ।

उक्त प्रदर्शनी मेलामा विद्यालयका शिक्षक, अभिभावक र कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरु गरी करिव ४ सयको उपस्थिती रहेको थियो ।  उक्त प्रर्दशनीको मुख्य आकर्षकको रुपमा सुरक्षित भविष्यको लागि सोचौँ फोल्डर, पोष्टर, फ्लेक्स र आयोजना सहित स्थानान्तरण, सुरक्षित भविष्यको आधार भन्ने पोस्टरहरु रहेको थियो ।

सुरिक्षत स्थानान्तरण एवम् मानव वेचविखन तथा ओसारपोसार विरुद्धको सन्देश प्रावाह गर्ने उद्देश्यले सो मेलाको आयोजना राखिएको ग्रामिण महिला स्वावलम्वन संस्थाका कार्यक्रम सुपरिवेक्षक कुमार रुम्बाले बताउनु भयो ।

0 comments

Write Down Your Responses