Powered by Blogger.
मकवानपुर आइडलका लागि हेटौँडाबाट ६ जना सफल


हेटौँडा, १२ मंसिर । मकवानपुर आईडलको पियानो राउण्डको लागि हेटौँडाबाट छ जना छनौट भएका छन् ।

 हेटौँडामा मकवानपुरको उत्तरी क्षेत्र स्थित थाहा नगरपालिकामा रहेको थाहा कला केन्द्रको आयोजनमा भएको छटौट प्रतियोगिताबाट उनीहरु छनौट भएका हुन् । 

छनौट हुनेमा बिजय लामा, नर तामाङ, सापकोटा, सुस्मिता तामाङ, राजकुमार बिक र सागर तिमल्सिना रहेका छन् । प्रतियोगितामा उमंग एल्बमका गायक सुमन खाती र संगितप्रेमी गणेश मोक्तानले निर्णायकको भुमिका निर्बाह गर्नुभएको थियो ।

पियानो राउण्डको लागि यस अघि मकवानपुरको थाहा नगरपालिकास्थित बज्रबाराही, दामन पालुङ र आग्रा गाविसमा छनौट प्रतियोगिता भएको केन्द्रका अध्यक्ष सानुबाबु मोक्तानले बताउनुभयो । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आउदो वैशाख १ गते थाहा नगरपालिकामा हुने छ ।




0 comments

Write Down Your Responses