Powered by Blogger.
टी–२० क्रिकेट उपाधि मकवानपुर क्रिकेट एकेडेमीलाई


हेटौँडा, १४ मंसिर । अष्टकुमारी स्मृति टी–२० क्रिकेट प्रतियोगिता–२०७२ को उपाधि मकवानपुर क्रिकेट एकेडेमीले हात पारेको छ । फाइनलमा फ्लाइङइगल क्रिकेट क्लबलाई ५४ रनले पराजित गर्दै एकेडेमी तेस्रो संस्करण च्याम्पियन बन्न सफल भएको हो । 

टस जितेर एकेडेमीले बनाएको एकसय ४३ रनको योगफल पछ्याएको फ्लाइङइगल १८ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८९ रनमा समेटिए पछि एकेडेमीले उपाधि हात पार्न सफल भएको हो । विजेता टोलीका लागि समिर नेपालले २७ र शाहिल कंस्कारले २६ रनको योगदान गरेका थिए । फ्लाइङका अजय शर्मा र आत्माराम उपाध्यायले दुई÷दुई विकेट लिएका थिए । 

फ्लाइङका गौरव खड्काले ३४ र सिद्धार्थ लामाले १५ रन जोडेका थिए । फाइनलका म्यान अफ दी म्याच रविन गुरुङ घोषित भएका थिए । गुरुङले ६ विकेट लिएका थिए । विजेता टोलीका लागि रविन शाहले दुई विकेट लिएका थिए । उपाधिसहित एकेडेमीले नगद १५ हजार रुपियाँ प्राप्त गर्न सफल भएको छ । उपविजेता फ्लाइङले नगद दशहजार रुपियाँसहित ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा मकवानपुर क्रिकेट क्लब अनुशासित टोली घोषित भएका छन ।

मकवानपुर क्रिकेटले नगद दशहजार रुपियाँ प्राप्त गरेको छ । प्रतियोगिता भर ६६ रन बनाउँदै ८ विकेट लिएका विजेता टोलीका उदित श्रेष्ठ प्लेयर्स अफ दी सिरिज घोषित भएका छन् । उहाँले नगद एकहजार पाँचसय प्राप्त गरेका छन ।  प्रतियोगिता भर नौ विकेट लिएका मकवानपुर क्रिकेट क्लबका निरज श्रेष्ठ र एकसय ४८ रन जोडेका अनिल शाह क्रमशः उत्कृष्ट बलर र व्याट्सम्यान घोषित भएका छन । 

विजेता,उपविजेता तथा सहभागी टोलीका खेलाडीलाई सांसद् अनन्तप्रसाद पौडेल, जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिना, सचिव राजन दाहाल ‘खुशराज’, क्रिकेट संघ मकवानपुर अध्यक्ष वासुलाल श्रेष्ठ, नेपाल जेसीज पूर्वअध्यक्ष राजेशमोहन प्रधान, नेपाल जेसीज कार्यकारिणी उपाध्यक्ष अञ्जनीकुमार पराजुली, शिक्षासेवी पुरणबहादुर जोशी, लगायतले पुरस्कार बितरण गर्नुभएको थियो ।



0 comments

Write Down Your Responses