Powered by Blogger.
यसरी सम्पन्न भयो पालुङमा जेसीज सप्ताह


पालुङ, १४ मंसिर । पालुङ जेसीजको सप्ताह व्यापी कार्यक्रम सम्पन्न भएको छ । शनिबार जेसीज भवनमा गोपीकृष्ण एकल नृत्य प्रतियोगिता संगै सप्ताह व्यापी कार्यक्रम समापन भएको हो  ।

प्रत्येक वर्ष गरिने जेसीज सप्ताह यस वर्ष ३ दिनमा सात  कार्यक्रम सञ्चालन गरी सम्पन्न गरिएको छ ।
मंसिर १० गते गते देखि सुरु गरिएको कार्यक्रममा जेसीजे अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता, भरतरत्न जेहेन्दार छात्रवृत्ति वितरण, नयाँ कार्यालय प्रमुखहरुलाई स्वागत, स्लो बाइक रेस प्रतियोगिता, संघ संस्था प्रमुख र जेसीज सदस्यबीचको मैत्री पूर्ण भलिबल, धर्मलाल एकल गायन प्रतियोगिता  तथा गोपीकृष्ण एकल नृत्य प्रतियोगिता गरिएको थियो ।

शनिबार भएको संघ संस्था प्रमुख र जेसीज बिचको मैत्रीपूर्ण भलिबलमा संघ संस्था प्रमुखले जेसीजलाई २५–१७, २५–१९ र २५–२१ को सोझो सेटले पराजय गरेको थियो । शनिबार नै भएको नृत्य प्रतियोगितामा दपर्ण कार्की प्रथम, श्रीकृष्ण श्रेष्ठ द्वितीय र निकिता गोपाली तृतीय भएका थिए ।

मकवानपुर उद्योग वाणिज्य संघ उत्तरी क्षेत्र समितिका सभापति कविराज खत्रीको प्रमुख आतिथ्यतामा भएको समापन समारोहमा जेसीजका संस्थापक पुरुषोत्तम ढकाल, निवर्तमान अध्यक्ष प्रदीप प्रधान, चेतनशील महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष गीता कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

जेसीजका अध्यक्ष जर्म श्रेष्ठको सभाध्यक्षतामा भएको समारोहमा सप्ताह व्यापी कार्यक्रमका विजयीहरुलाई शिल्ड, मेडल, पुरस्कार तथा प्रमाण पत्रबाट पुरस्कृत गरिएको थियो ।–रुपक कालिराज,पालुङ



0 comments

Write Down Your Responses