Powered by Blogger.
चित्रकलामा इअनको अग्रता


बज्रबाराही, ५ मङ्सिर । अन्तराष्ट्रिय वालदिवसको उपलक्ष्यमा थाहा नगरपालिका वज्रवाराहीमा निमावि स्तरीय चित्र कला प्रतियोगिता सम्पन्न भएको छ । 

वालवालिका विरुद्ध हिंसा अन्त्य गरौं भन्ने मुल नाराको साथ सञ्चालन भएको प्रतियोगितामा ५ विद्यालयका १५ जनाको सहभागिता रहेको थियो । कार्यक्रम गाँउ वाल संरक्षण समिति थाहा नगरपालिका वज्रवाराहीको आयोजना तथा वालकल्याण समाज हेटौडा, प्लान इन्टरनेशनल मकवानपुरको सहयोगमा भएको हो ।

आर्टिस्ट प्रमोद गोपालीको निर्णायकत्वमा भएको प्रतियोगितामा इअन इङलिस एकेडेमी कक्षा ८ का मिलन गोपाली प्रथम भएका छन् । इअन इङलिस एकेडेमी कक्षा ७ का दिपेश गोपाली द्धितिय, इअन इङलिस एकेडेमी कक्षा ६ का जोत्सना क्षेष्ठ तृतिय भएका छन भने वज्रवाराही उच्च माविका इन्दीरा बलामी, सुनौला माविका सपना वाइवा, सरस्वती इङलिस वोर्डिङ स्कुलका रसनी गोपाली, सुनौला माविका सुर्य लक्ष्मी गोपाली सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।

प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेहरुलाई गाँउ वाल संरक्षण समिति सचिव निराजन गोपालीले शैक्षिक सामाग्री वितरण गर्नु भएको थियो ।  शिक्षक रामशरण गोपालीले सञ्चालन गर्नु भएको कार्यक्रमम विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीहरुको उपस्थित रहेको थियो । –रामकाजी महर्जन

0 comments

Write Down Your Responses